साढे दुई किलो सुनसहित रसुवाबाट ६ जना पक्राउ



रसुवा । रसुवाको रसुवागढी नाकाबाट अवैध रुपमा नेपाल भित्राइएको साढे दुई किलो सुन बरामद भएको छ । सुन ल्याइँदै गरेको सुराकीका आधारमा सीमा प्रहरीचौकीको प्रहरी टोलीले ना १ ज ३५४२ नम्बरको जीप खानतलासी गरी सुन बरामद गरेको हो ।

साढे दुई किलो सुनमध्ये एक किलो चालकले कम्मरमा बाँधेको र डेढ किलो चालकको सिटमुनि लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा चालक तुलानारायण श्रेष्ठ, सिन्धुपाल्चोक भोटेकोशीका नवाङनुर्पु तामाङ, ग्याल्जेन शेर्पा, सुब्बा लामा, सुवास तामाङ र साङ शेर्पा रहेका प्रहरी प्रमुख इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । सुनको मूल्य एक करोड ६० लाख रुपैयाँ रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनकपुरको एक होटलमा महिला र पुरुष मृत फेला

  जनकपुर ।  जनकपुरको एक होटलमा मंगलबार दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका

आगलागीबाट सुनसरीमा १५ घर जलेर नष्ट, ५० लाखको क्षति

  इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा   आगलागी भएको

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका

अचानक आएको हावाहुरीका कारण फेला तालमा डुंगा पल्टिँदा…

गण्डकी । फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनालाई सशस्त्र प्रहरीको फेवाताल किनाराको उद्धार