माघ एक गतेदेखि खुलामञ्चमा सवारी साधन पार्किङ निषेध



काठमाडौं । काठमाडौं महानगरपालिकाले माघ एक गतेदेखि खुलामञ्चमा सवारी साधन पार्किङ निषेध गर्ने भएको छ । खुलामञ्चलाई सधैंका लागि खुला बनाउने योजनाअनुसार महानगरले माघ एक गतेदेखि लागू हुने गरी सवारी साधन पार्किङ निषेध गरिएको हो ।

टुँडिखेललाई अतिक्रमणबाट जोगाउन भन्दै गत कात्तिकदेखि शुरु भएको अकुपाई टुँडिखेलका अभियन्ताहरुले खुलामञ्चलाई खाली गराउन जोड दिँदै आएका थिए । खुलामञ्च खुला नै राख्नु पर्ने भएकाले माघ १ गतेदेखि गाडी पार्किङमा रोक लगाउन लागिएको महानगरको वडा नम्बर १८ का अध्यक्ष भाइराम खड्गीले जानकारी दिए ।

पुरानो बसपार्कमा भ्यूटावर निर्माण शुरु भएपछि केही समयका लागि भन्दै महानगरले बसपार्कलाई अस्थायी रुपमा खुलामञ्चमा स्थानान्तरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर