दिलिप हत्या प्रकरणः लिभरले दाहिने कोखमा घोचेर घाइते बनाएपछि टिपरले टाउकोमा किचेर हत्या



जनकपुरधाम । धनुषाको श्रीपुरस्थित नदीमा बालुवा ढुंगाा उत्खननको विरोध गर्दा भएको दिलिप महतोको हत्या प्रकरणका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले शनिबार पत्रकार सम्मेलन गरी उनीहरलाई सार्वजनिक गरेको हो ।

हत्यामा संलग्न चुरियामाई बालुवा प्रशोधन केन्द्र नामक क्रसर उद्योग संचालक बिपिन महतो, टिपर चालक मुनिन्द्र महतो, युवक रोशन यादव र लोडर चालक जितेन्द्र कुमार महतोलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीका अनुसार अभियुक्तहरुले पहिले फलामको लिभरले दाहिने कोखमा घोचेर घाइते बनाएर अन्तिममा टिपरले टाउकोमा किचेर हत्या गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार अभियुक्तहरुले दिलिपको कोखामा फलामले घोचेर गम्भीर घाइते बनाएपछि टिपरले टाउकोमा किचेर हत्या गरेका जानकारी दिएका छन् । टिपर चालक र लोडर चालक महतोले क्रसर संचालकको निर्देशनमा दिलिपलाई किचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मृतक दिलिपलाई बोलाएर लगेको भनिएका रोशनको पनि क्रसर संचालकसँग साँठगाँठ देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । शुक्रवार विहान २६ वर्षीय दिलिपलाई घर नजिकैको औरही खोलामा योजनावद्ध ढंगले हत्या गरिएको थियो ।

यो घटनामा इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादब र वडाध्यक्ष श्यामबाबु यादवको संलग्नता रहेको दाबी पीडित परिवारले गरेका छन् । घटनास्थलमै दिलिपको मृत्यू भएको अवस्थामा मुचुल्कासमेत नउठाई हतार हतार जनकपुर अस्पताल लगिएकाले उनीहरुमाथि पनि शंका गरिएको हो । तर प्रहरीले यसबारे केही पनि बोल्न मानेका छैन ।

घटनाको ३६ घण्टापछि शनिबार साँझ पीडित परिवारले दिलिपको शव बुझेका छन् । प्रहरीले मुचुल्का गलत बनाएको भन्दै पीडित परिवारले शव बुझ्न अस्वीकार गरेका थिए। पीडित परिवारको चित्त बुझ्ने गरी मुचुल्का बनेको विवरण प्रहरीले देखाएपछि शव बुझ्न तयार भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

फुङ्लिङ बजारबाट अब सात घण्टामै चीनको सीमावर्ती ओलाङचुङगोला पुग्न सकिने

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने

बाटो निर्माणमा अनियमितता गरेको भन्दै इन्जिनियरसहित सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय

बागलुङमा जङ्गलभरि आगलागी, बासस्थान खोज्दै वन्यजन्तु झरे गाउँ

बागलुङ ।बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ। आगलागीबाट एक