ट्राफिक प्रहरीलाई माइक र स्टप बोर्ड हस्तान्तरण



काठमाडौैं । ट्राफिक प्रहरीलाई विभिन्न ट्राफिक सामग्री प्रदान गरिएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाललाई माइक र स्टप बोर्ड हस्तान्तरण गरेका हुन् ।

राज्यमन्त्री मानन्धरले हन्तान्तरण गरिएका सामग्रीले ट्राफिक व्यवस्थापनका लागि सहयोग पुग्ने बताए । पैदल यात्रुलाई व्यवस्थित गर्न सकिए सम्पूर्ण ट्राफिक नै व्यवस्थापन हुने बताउँदै मानन्धरले बाटो काट्दा स्टप लेखिएको बोर्ड बोकेर पास गर्नुपर्ने र माइकबाट पनि सन्देश प्रभाह हुने बताए ।

सुरुमा सिंहदरबार र बानेश्वरमा परीक्षणका रुपमा उक्त सामग्री प्रयोग गरिने छन् । ट्राफिक प्रहरीलाई प्राप्त सामग्रीहरुको भरपुर उपयोग गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव फेला

  कैलाली ।  चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता

अख्तियारद्वारा एमडीएमएस खरिद प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग

 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

  तनहुँ । तनहुँको बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि