खोला उत्खननको विरोध गर्ने युवकको हत्या



जनकपुरधाम । खोला उत्खननको विरोध गर्न पुगेका एक युवकलाई धनुषामा हत्या गरिएको छ । मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलिप महतोलाई ना. ७ ख. ६४१३ नम्बरको टिपरले किचेर शुक्रबार विहान हत्या गरेको हो ।

महतोको घर नजिकै रहेको खोलामा उत्खनन भइरहेको बेला मोर्निङवाक गएका समयमा महतोले विरोध गर्दा टिपरले किचेर उनलाई मारेको स्थानीयले बताएका छन् ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादबले पनि घटनाको प्रकृति हेर्दा टिपरले किचेर हत्या गरेको देखिएको बताए । टिपरले किचेपछि महतोको घटनास्थलमै मृत्यु भएको बताइएको छ । घटनापछि टिपर चालक फरार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागीबाट यसरी सखाप भयो महोत्तरीको मटिहानीको एक बस्ती(फोटोफिचर)

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका– ६ स्थित जरलहवा बस्तीमा भीषण आगलागी भएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ

  भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते

धुलिखेल । काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज

जनकपुरको एक होटलमा एक युवक मृत फेला

जनकपुरधाम । जनकपुरको एक होटलमा एक युवक मृत फेला परेका छन् । जनकपुरको