आगामी शनिबार बौद्ध स्तुपा परिसरमा स्वास्थ्य शिविर आयोजना गरिने



काठमाडौं । बाल सचेतना केन्द्र नेपालको आयोजना तथा बौद्धनाथ क्षेत्र विकास समितिको संयोजनमा आगामी शनिबार बौद्ध स्तुपा परिसरमा स्वास्थ्य शिविर आयोजना गरिने भएको छ ।

शिविरमा नेपाल भारत मैत्री हस्पिटलले भिडियो एक्सरे तथा ल्यावसहितको सेवा दिने आयोजकले बताएका छन् । शिविरका लागी आवश्यक तयारी पूरा भएको केन्द्रका अध्यक्ष बाबुराम फुयाँलले जानकारी दिए ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्राउने मूल उद्देश्य राखेर भ्रमण वर्ष देशभर मनाईरहेका बेला आफूहरुले पनि भ्रमण वर्ष लक्षित शिविर संचालन गर्न लागेको अध्यक्ष फुयाँलले बताए ।

शिविरमा जनरल फिजिसियन, नसा तथा बाथ रोग, बाल रोग, नाक, कान घाँटी, स्त्री रोग, सुगर तथा प्रेसरलगायतका विविध रोगको परीक्षण गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

काठमाडौं महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अब बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ

२६ वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी  पक्राउ

  त्रिशूली (नुवाकोट) ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर

८२ घण्टासम्म भग्नावशेषमा पुरिएका ऋषि खनाल

अर्घाखाँची  । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका