हसिम अन्सारीले उत्कृष्ट अर्ध शतकीय इनिङ खेलेपछि प्रदेश नम्बर दुई विजय



सुनसरी । इनरुवामा हसिम अन्सारीले अविजित उत्कृष्ट अर्ध शतकीय इनिङ खेलेपछि समुह बी को दोस्रो खेलमा प्रदेश नम्बर २ ले कर्णाली प्रदेशलाई ८ विकेटले हराएको छ । जारी मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत समुह बी को दोस्रो खेलमा प्रदेश नम्बर २ ले कर्णाली प्रदेशलाई ८ विकेटले हराएको हो ।

१ सय ३० रनको विजयी लक्ष्य पछ्याएको प्रदेश २ ले २२.५ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । प्रदेश २ को जितमा हसिम अन्सारी ७३ बलमा ११ चौका र १ छक्का सहित ८० रनमा अविजित रहे । सुरज पटेल ५० बलमा १ चौका र १ छक्का सहित ३३ रनमा अविजित रहे ।

ओपनर हरि शंकर शाहलाई ५ र सुधिर चौधरीले २ रनमा गुमाएपनि तेस्रो विकेटका लागि हसिम र सुरजले १ सय १८ रनको शतकीय अविजित साझेदारी गर्दै सहज जित पक्का गरे । कर्णालीका कन्जु र दिनेश अधिकारीले १(१ विकेट लिए ।

इनरुवा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको कर्णाली ३१।५ ओभरमा अल आउट हुँदै १ सय २९ रनमा समेटियो । कर्णालीका कप्तान तथा ओपनर रविन्द्र जंग शाहीले सर्वा्धिक ४६ रनको योगदान दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सात कोरियाली आरोहीले जुगल हिमाल आरोहण गर्ने

  सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि

स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

इलाम । इलामको सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले

याकमार्फत यसरी गरिन्छ सामान ढुवानी(फोटोफिचर)

सगरमाथा क्षेत्रमा याकमार्फत विभिन्न सामग्री ढुवानी गरिँदै । उच्च हिमाली क्षेत्र भएकाले यस

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कपनबाट हतियारसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी