जन्मदर्ताका लागि दुई लाख घुस लिने वडासचिवविरुद्ध मुद्धा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जन्मदर्ता प्रमाणपत्र बनाइदिने भन्दै घुस मागेको अभियोगमा विशेष अदालतमा बुधबार मुद्दा दर्ता गरेको छ ।

सप्तरीको महादेवा गाउँपालिका ६ का वडासचिव नायव सुब्बा नवोनाथ मिश्रले जन्मदर्ताको प्रमाणपत्र बनाउन पुगेका सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिएको अभियोगमा आयोगले केही दिन पहिले पक्राउ गरेको थियो ।

वडासचिव मिश्रले आफ्नो जिम्मेवारी र पदीय दायित्व विपरीत सेवाग्राहीको जन्म दर्ता गराई दिनको लागि घुस लिएको पुष्टि भएकाले बिगोबमोजिम कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बझाङको तलकोटबाट चैनपुर आउँदै गरेको जिप , तीन जनाको घटनास्थलमै मृत्यु

बझाङ । बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  तलकोट गाउँपालिकाबाट

स्वर्णलक्ष्मी सहकारी ठगीमा रविसहित ४४ जनालाई मुद्दा चलाउन सिफारिस

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगी

बुद्ध एयरको जहाजको आपतकालीन ढोका खोल्ने यात्रुलाई दुईलाख जरिवाना

बुद्ध एयरको विमानको आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई एक एक लाख जरिवाना काठमाडौँ

टिपरको ठक्करबाट तारकेश्वरमा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको तारकेश्वरमा मिनी टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।