पिजे क्लबद्वारा फोटो प्रतियोगिताको घोषणा, उत्कृष्टलाई एक लाख पुरस्कार



काठमाडौं ।  ‘ग्लोबल आइएमई बैंक फोटो प्रतियोगिता २०७५’ बाट उत्कृष्ट छानिएका फोटोहरुको पुस्तक सार्वजनिक गरिएको छ । फोटो पत्रकार क्लब नेपालले ‘नेपाल ल्याण्ड अफ कन्ट्रास्ट – ५’ नाम दिइएको उक्त पुस्तक आइतबार काठमाडौंमा एक कार्यक्रम गरी सार्वजनिक गरेको हो ।

पुस्तकमा ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ बाट उत्कृष्ट छानिएका फोटोहरु समावेस गरिएको छ । त्यस्तै कल्बले ‘नेपाल फोटो कन्टेस्ट २०७६’ को घोषणा समेत गरेको छ ।

कार्यक्रममा ग्लोबल आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफूले खिचेको फोटो अपलोड गरी प्रतियोगिताको उद्घाटन गरे । फोटो पुस्तकले भ्रमण वर्ष २०२० को प्रवद्र्धनमा सहयोग पु¥याउने विश्वास गरिएको छ ।

कार्यक्रममा क्लबका अध्यक्ष विकास कार्कीले कुनैपनि नेपालीले नेपाल भित्रै खिचेको फोटो अपलोड गरेर सहभागिता जनाउन सकिने बताए ।

अध्यक्ष कार्कीले प्रतिस्पर्धीले आफूले खिचेका फोटो क्लबको आधिकारीक साइट ‘एनपीसी डट फोटोनेपाल डट ट्राभल’मा अपलोड गर्न सकिने बताए । त्यस्तै प्रतियोगितामा उत्कृष्ट हुनेले एक लाख रुपैयाँ पुरस्कार जित्ने र अन्य तीन उत्कृष्टलाई ३० हजार रुपैयाँ, २० हजार रुपैयाँ र १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको समेत उहाँले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महोत्तरीमा बढे सर्पदंशका घटना

महोत्तरी । असार सुरु भएसँगै पानी पर्न थालेपछि सर्पदंशका घटना बढ्न थालेका छन्

खार्पुनाथ हुम्लाको पहिलो बालश्रममुक्त पालिका घोषणा

अदानचुली (हुम्ला) । हुम्ला जिल्लाका सात वटा स्थानीय तहमध्ये खापुनाथ गाउँपालिका बालश्रम तथा

डावरटोल खानेपानी आयोजना निर्धारित समय अगावै सम्पन्न

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–१३ स्थित डावरटोलमा निर्माणाधीन १० करोड बढी लागतको खानेपानी

सिसाखानीमा १५ वर्षसम्म पनि खानेपानी योजना अधुरै, गाउँभर खानेपानी समस्या

ढोरपाटन । बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा खानेपानी आयोजना सुरू भएको साढे एक दशक