बुटिक बिमानस्थलमा बुद्धको प्रतिमा



काठमाडौं । त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थललाई बुटिक बिमानस्थलमा रुपान्तरण गर्ने काम मध्ये आगमन क्षेत्रमा बुद्धको प्रतिमा स्थापित गर्ने काम शनिबार सम्पन्न भएको छ ।
भ्रमण वर्ष २०२० को शिलशिलामा विमानस्थललाई बुटिक बनाई नेपालको संस्कृति, र मौलिकता झल्कने खालका विभिन्न वस्तुहरु विमानस्थलमा राखिएका छन् ।

सोही अनुसार नै विमानस्थलमा जहाजबाट झरेपछि बाहिर निस्कने बाटोमा देखिनेगरी बुद्धको मुर्ति स्थापित गरिएको छ । मन्त्री भट्टराईका अनुसार बुद्धको मूर्ति निर्माण गर्न ७० लाख रुपैयाँ लागत लागेको छ भने करिब २४ लाख रुपैयाँ बराबरको सुनको जलप लगाइएको छ । मुर्ति ललितपुर पाटनका मिर शाक्यले निर्माण गरेका हुन् ।

विमानस्थलमा मूर्ति स्थापनापछि बुद्धको देश नेपालमा आइयो भन्ने अनुभुति हुने र यसले छुट्टै किसमको आनन्द अनुभुति हुने उनले बताए । एक वर्ष अघिदेखि बुटिक बिमानस्थलको काम शुरु भएको थियो । बिमानस्थलमा एकसिंगे गैंडा, रेडपाण्डा, गणेश, मयुर, डाँफेलगायतका मूर्तिहरु राखिएका छन् ।
यो प्रतिमा करिब एक टनको रहेको छ । फोटोः पर्यटनमन्त्री योगेश भट्टराई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

  मनाङ ।  विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु

समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछः उद्योगमन्त्री भण्डारी(अन्तरवार्ता)

काठमाडौँ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते)

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा

‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई(अन्तरवार्ता)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक