को-को हुन् त्रिभुवन विमानस्थलको ८३ करोड रुपैयाँ नतिर्ने ?(नामसहित)
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न निकाय, वायुसेवा कम्पनी, फर्म एवं व्यक्तिलाई बक्यौता रकम बुझाउन ताकेता गरेको छ।
प्राधिकरणअन्तर्गतको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयले जरूरी सूचना प्रकाशित गरी विभिन्न वायुसेवा, कम्पनी तथा फर्म र व्यक्तिहरुले विभिन्न शीर्षकमा रकम भुक्तानी गर्न बाँकी रहेको रकम ३० दिनभित्र बुझाउन भनेको छ ।
प्राधिकरणले पुनः सूचना निकालेले बक्यौता रकम नबुझाउने ७४ कम्पनी, एयरलाइन्स र व्यक्तिको नाममा सार्वजनिक सूचना जारी गरेको हो ।