चितुवाको आक्रमणबाट तनहुँमा २२ महिनाका बालकको मृत्यु



तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा सोमबार एक बालकको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट २२ महिनाका बालक रविन नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरको पिँढीमा बसेर खाना खाइरहेको बेला एक्कासि हराएका बालकको शव घरभन्दा एक किलोमिटर टाढा रहेको ढाङढुङ्गे ठूलोपाखा तीनपोखरी सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहँुका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

उनका अनुसार शरीरको ७० प्रतिशतभन्दा बढी भाग चितुवाले खाएको अवस्थामा बालकको शव भेटिएको थियो । शुक्लागण्डकी नगरपालिकामा पनि चितुवाले बालकलाई आक्रमण गरेपछि यहाँका स्थानीयवासी त्रसित भएका छन् ।

यस अगाडि तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा चितुवाको आक्रमणबाट डेढ वर्षको अवधिमा ६ बालबालिकाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

-वासुदेव पौडेल, गण्डकी । लहरै गुचमुच्च घरहरू, ढुङ्गैढुङ्गले छपक्क छापिएका बाटाहरू, गाउँको सिरानमा गुम्बा,

काठमाडौं विश्वविद्यालयको ३०औँ दीक्षान्तमा एक हजार १२९ विद्यार्थी दीक्षित

काभ्रे । काठमाडौँ विश्वद्यिालय (केयु) को ३०औँ दीक्षान्त समारोह (दोस्रो चरण) मा आज

अवैध रूपमा विदेश पुगेका नेपालीकाबारेमा गृह र श्रम मन्त्रालयको समन्वयमा अध्ययन गर्दैछौंः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

कमलकुमार बस्नेत, काठमाडौँ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८ बजे