काठमाडौं महानगरभित्रका होर्डिङ बोर्ड हटाउन सुरु



काठमाडौं । बाह्य बिज्ञापनका लागि सहरका राखिएका होर्डिङ् बोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट, भित्तेलेखनलगायतका प्रचार सामग्री हटाउने कामलाई काठमाडौं महानगरले तीब्रता दिएको छ ।

यसै क्रममा शुक्रबार बबरमहल, तीनकुने र कालीमाटी क्षेत्रका ठूला बोर्ड हटाइएको नगर प्रहरी महाशाखा प्रमुख नगर प्रहरी नायब उपरीक्षक धनपति सापकोटाले जानकारी दिए । बिहीबार गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा सरोकारवाला निकायका अधिकारीबीच सहरी सुन्दरता कायम गर्ने काममा सघाउ पुर्याउन सबै पक्षलाई आग्रह गरिएको थियो ।

यसप्रकारका प्रचार सामग्रीसँगै अव्यवस्थित रुपमा राखिएका टेलिफोन, केवल तथा इन्टरनेट सेवा प्रदायकका तार हटाउन सार्वजनिक सूचना जारी गर्ने बैठकले निर्णय गरेको छ । तोकिएको समयभित्र तार नहटाए सरकार आफैंले तार हटाउनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित

काठमाडौं । नेपाली कांग्रेसको कोषाध्यक्षमा केन्द्रीय सदस्य उमेश श्रेष्ठ मनोनित भएका छन् ।

कोप–२९ मा जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीका लागि भाका सारियो

प्रगति ढकाल, काठमाडौँ । बाकुको अजरबैजानमा जारी रहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुपमहासन्धी

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले दिए पदबाट राजीनामा

काठमाडौँ । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् । गत असारमा

सिनामंगलको एक होटलमा युवायुवती मृत फेला

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवायुवती मृत भेटिएका छन् । आइतबार बिहान