काठमाडौं महानगरभित्रका होर्डिङ बोर्ड हटाउन सुरु



काठमाडौं । बाह्य बिज्ञापनका लागि सहरका राखिएका होर्डिङ् बोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट, भित्तेलेखनलगायतका प्रचार सामग्री हटाउने कामलाई काठमाडौं महानगरले तीब्रता दिएको छ ।

यसै क्रममा शुक्रबार बबरमहल, तीनकुने र कालीमाटी क्षेत्रका ठूला बोर्ड हटाइएको नगर प्रहरी महाशाखा प्रमुख नगर प्रहरी नायब उपरीक्षक धनपति सापकोटाले जानकारी दिए । बिहीबार गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा सरोकारवाला निकायका अधिकारीबीच सहरी सुन्दरता कायम गर्ने काममा सघाउ पुर्याउन सबै पक्षलाई आग्रह गरिएको थियो ।

यसप्रकारका प्रचार सामग्रीसँगै अव्यवस्थित रुपमा राखिएका टेलिफोन, केवल तथा इन्टरनेट सेवा प्रदायकका तार हटाउन सार्वजनिक सूचना जारी गर्ने बैठकले निर्णय गरेको छ । तोकिएको समयभित्र तार नहटाए सरकार आफैंले तार हटाउनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेले किन चलायो ‘म झोले’ अभियान ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार काठमाडौंमा बुद्धिजीवी परिषद्को महाधिवेशनलाई सम्बोधन

कस्तो रह्यो पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण ?

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिममन्त्री दामोदर भण्डारीले चिनियाँ सरकारको तर्फबाट भएका सम्झदारीहरु

विद्युत् र सिँचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख डलर ऋण स्वीकृत

काठमाडौँ । विश्व बैंकले नेपालका दुईवटा परियोजनाका लागि २५ करोड ७० लाख अमेरिकी

प्रदेश र स्थानीय तहलाई सरकारले पठायो ४ खर्ब १७ अर्ब बजेट, कुन पालिकालाई कति ?(सूचीसहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि प्रदेश र स्थानीय तहलाई ४ खर्ब