काठमाडौं महानगरभित्रका होर्डिङ बोर्ड हटाइने



काठमाडौं । सरकारले शहरलाई कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तारलगायतका सामग्री हटाउने भएको छ ।
गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बिहीबार गृह मन्त्रालयमा बसेको सरोकारवाला निकायसहितको बैठकले काठमाडौँ महानगरपालिकाभित्र शुक्रबारदेखि चार वटा समूह बनाई ती सामग्री हटाउन शुरु गर्ने निर्णय गरेको छ ।

अन्य स्थानीय तहमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत निर्देशन दिई कारवाही अघि बढाउने बैठकले निर्णय गरेको छ । यसैगरी,बैठकले अव्यवस्थित टागिएका टेलिफोन, केबल तथा इन्टरनेट सेवाप्रदायकका तार हटाउन समयसीमा तोकी सार्वजनिक सूचना जारी गर्ने र तोकिएको अवधिभित्र नहटाए तारलाई काटेर हटाउने निर्णय गरेको छ ।

गृहमन्त्री थापाले नागरिकको स्वास्थ्य र नगरको पर्यावरणीय सुन्दरतालाई मध्यनजर गर्दै नगरलाई कुरुप बनाउने गरी राखिएका त्यस्ता संरचना हटाइन लागेको जानकारी दिए ।

सर्वोच्च अदालतले समेत संरचनाका विषयमा आदेश दिइसकेको र आदेश कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाभित्र शुक्रबारदेखि त्यस्ता संरचना हटाउन शुरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गृह सचिव प्रेमकुमार राईले देशभरका यस्ता संरचना हटाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनको पूर्ण सहयोग रहने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पामा आफ्नै छिमेकीको हत्याका अभियुक्त पक्राउ

  पाल्पा । प्रहरीले  १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ ।

सात कोरियाली आरोहीले जुगल हिमाल आरोहण गर्ने

  सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि

स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

इलाम । इलामको सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले

याकमार्फत यसरी गरिन्छ सामान ढुवानी(फोटोफिचर)

सगरमाथा क्षेत्रमा याकमार्फत विभिन्न सामग्री ढुवानी गरिँदै । उच्च हिमाली क्षेत्र भएकाले यस