भारत लगेर युवतीलाई बलि दिने योजनामा सलग्न सात जना पक्राउ



काठमाडौं । मोडलिङ गर्ने भन्दै एक युवतीलाई विराटनगर पुर्याई सीमा पार गराई तान्त्रिक पूजा गरी बलि दिने योजनामा संलग्न सात जनालाई महानगरीय प्रहरी परिसर काठमाडौले पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ गरेकालाई सार्वजनिक गरेको हो । प्रहरीले नवलपरासीका वर्ष २६ बर्षीय कृष्ण तामाङ, सप्तरीका उमेश शाह, दाङकी दिल कुमारी बुढामागर, सप्तरीका उमेश माझी, विराटनगरका दिलिप पोदार, धादिङ्गका प्रेमा तामाङ र सुनसरीका रञ्जित कुमार चौधरीलाई सार्वजनिक गरेको हो ।

अनुसन्धानका क्रममा युवतीलाई मोडलिङका लागि छानिएको र नेपाल भारत सीमामा बृत्तचित्र छायांकन गर्नुपर्ने भन्दै त्यसबापत राम्रो रकम दिने प्रलोभन देखाएको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक अशोक सिंहले मोटो रकम पाउने आशामा युवतीलाई विराटनगर हुँदै तान्त्रिक पूजाका लागि सीमा पार गराउने योजना अनुसार मोडलिङका लागि प्रस्ताव गरेको र युवतीले प्रस्ताव स्विकार गरेको अनुसन्धानबाट खुलेको जानकारी दिए ।

प्रहरीले मुख्य योजनाकार दिलिप पोदारलाई भारत विहार मन्दिरका बाबा लगायत अन्य व्यक्तिले पैसा दिई सम्पर्क गरेको देखिएको, प्रेम, माया र कृष्णले ५ लाख रुपैयाँ पाउने आश्वासन पाएको अनुसन्धानबाट खुलेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी

ताक्लाकोट जान सीमा पास लिने बढ्दै

सिमकोट (हुम्ला) । छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि सीमा पास