अपहरित गाउँपालिका अध्यक्ष शाहीको कालिकोटबाट उद्दार



दैलेख । दैलेखको ठाँटीकाध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपरहणमुक्त भएका छन् । शनिबार मध्यराति आफ्नै घरबाट नेत्रविक्रम चन्द ’विप्लव’ समूहबाट अपरहणमा परेका गाउँपालिका अध्यक्ष शाहीलाई कालिकोटबाट उद्दार गरिएको हो ।

प्रहरीको संरक्षणमा शुभकालिका गाउँपालिका १ छात्ती भन्ने स्थानबाट शाहीलाई सकुसल उद्धार गरिएको कालिकोटको शुभकालिका गाउँपालिकाका अध्यक्ष खडान्द्र चौलागाईंले जानकारी दिए ।

उनलाई गाउँकै एकजना घरमा लुकाउँन लगिँदै गरिएको बेला प्रहरीले उद्दार गरेको हो । अहिले गाउँपालिका अध्यक्ष प्रहरीको सुरक्षामा रहेका छन् ।

अपरहणमा परेकी शाहीकी श्रीमती इला मल्ल (शाही) दैलेख र कालिकोट जिल्लाको सिमानामा पर्ने भर्ता लेकमा शनिबार बिहान नौ बजेतिर सकुशल फेला परेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१५ लाखभन्दा बढीको नक्कली नोटसहित सुनसरीबाट दुईजना पक्राउ

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख रुपैयाँभन्दा बढीको नक्कली नेपाली नोटसहित पक्राउ

त्रिभुवन विमानस्थल आसपासमा चङ्गा, ड्रोन र बेलुन नउडाउन आग्रह

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा,

मुलुकमा धार्मिक सद्भाव कायम गर्न धार्मिक अगुवाहरुको अपील

  काठमाडौँ ।  धार्मिक अगुवाहरूले मलुकमा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपील गरेका

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति, आन्दोलन फिर्ता

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । शुक्रबार गृह मन्त्रालयमा