जिप दुर्घटनामा परी उदयपुरमा तीन जनाको मृत्यु, पाँच घाइते



उदयपुर । उदयपुरको गोठडाँडामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उदयपुरगढी गाउँपालिका ३ को गोठडाँडामा बिहीबार बिहान जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

भारतीय नम्बर प्लेटको बोलेरो अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा उदयपुरगढी गाउँपालिका ३ का टिकनारायण श्रेष्ठ, उनका भाइ मिननारायण श्रेष्ठ र ढकबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी बीरबहादुर बुढामगरले जानकारी दिए । दुर्घटनामा पाँच जना घाइते भएका छन् । भारतको सिक्किममा रहेका आफन्त भेटघाट गरेर घर फर्कनेक्रममा जिप दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

काठमाडौं महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अब बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ

२६ वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी  पक्राउ

  त्रिशूली (नुवाकोट) ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर

८२ घण्टासम्म भग्नावशेषमा पुरिएका ऋषि खनाल

अर्घाखाँची  । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका