पृथ्वी प्रज्ञा–पुरस्कार शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान



काठमाडौं । सरकारीस्तरबाट प्रदान गरिने देशकै सर्वाधिक राशिको पृथ्वी प्रज्ञा–पुरस्कार वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई दिइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले चार वर्षमा दिने पुरस्कारको राशि चार लाख नगदसहित दोसल्ला र सम्मानपत्र छ ।

राष्ट्रपति निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष जोशीलाई पुरस्कार प्रदान गरिन् । यसैगरी नेपाल प्रज्ञा सामाजिक शास्त्र÷संस्कृति÷दर्शन पुरस्कार प्रा डा त्रिरत्ननारायण मानन्धरलाई प्रदान गरियो । प्रत्येक दुई वर्षमा प्रदान गरिने सो पुरस्कारको राशि एक लाखसहित दोसल्ला र सम्मानपत्र छ ।

नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा डा टङ्कप्रसाद न्यौपानेलाई प्रदान गरियो । प्रत्येक दुई वर्षमा दिइने उक्त पुरस्कारको राशि रु एक लाख, दोसल्ला र सम्मानपत्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः सापकोटा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटाले अर्थराजनीतिक

पाल्पामा आफ्नै छिमेकीको हत्याका अभियुक्त पक्राउ

  पाल्पा । प्रहरीले  १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ ।

नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको