काठमाडौं । प्रहरीले लागूऔषध बनाउने रसायन सहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले लागूऔषध बनाउने ४ किलो २ सय ग्राम रसायन ईफेड्रिनसहित एक जना चिनियाँ नगारिकलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
प्रहरी उपरीक्षक वीरेन्द्र कुमार बस्यालले गत शुक्रबार कार्गोबाट न्युजिल्याण्ड पठाउन लागिएको उक्त रसायन सहित ३१ वर्षीय चिनियाँ नागरिक जाङ चाओलाई पक्राउ गरेको जानकारी दिए ।
उनले काठमाडौंको एक कार्गोबाट न्यूजिल्याण्ड पठाउन ल्याएको निलो रङको कागजको डिब्बाभित्र रंगिन चित्र रहेको १० वटा शंकास्पद काठको फ्रेम चेकजाँच गर्दा फल्स बटम बनाई लुकाएर राखिएको अवस्थामा फेला पारेको जानकारी दिए ।
प्रहरीका अनुसार न्यूजिल्याण्ड पठाउन लागिएको उक्त रसायन लागू औषध एम्फेटामिन बनाउन प्रयोग गरिन्छ ।

प्रतिक्रिया