फोहोरमैलाको उचित व्यवस्थापनका लागि प्रविधि आवश्यक



काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले फोहोरमैलाको उचित व्यवस्थापनका लागि प्रविधिसँग जोडिनुपर्ने बताएका छन् । फोहोरमैला व्यवस्थापन सम्बन्धि राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राज्यमन्त्री मानन्धरले यस्तो बताएका हुन् ।

प्रविधिसँग जोडिन नसकेका कारण अहिलेको अवस्था आएको भन्दै उनले प्रविधि भित्राउँदा कसैलाई घाटा नहुने बताए । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले फोहोर सिसडोल पुर्याउनु भन्दा पहिले नै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने बताए ।

देशमा हरेक वर्ष रासायनिक मल आयातमा ठूलो रकम बाहिर गएको उल्लेख गर्दै उनले कुहिने फोहोरलाई मल बनाउएर प्रयोग गर्न सकिने बताए ।

फोहोरमैला व्यवस्थापन सम्बन्धि राष्ट्रिय सम्मेलनका संयोजक गणेश साहले शहरको विकास भइरहेकै गतिमा फोहोर पनि बढिरहेको बताए । उनले देश संघीय संरचनामा गएपछि फोहोर व्यवस्थान कसको जिम्मा हुने भन्ने नै स्पष्ट नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि

  काठमाडौँ ।  यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य