बागलुङको निसिखोलामा जीप दुर्घटना, १४ जनाको मृत्यु



बागलुङ । गुल्मीबाट बागलुङको निसिखोलाको लागि छुटेको जीप बागलुङ बडीगाड– ७ को कोप्चेमा आज दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् भने एकजना बेपत्ता भएका छन् । मृत्यु हुनेमध्ये दश जनाको पहिचान भएको छ भने चार जनाको अझै पहिचान खुल्न सकेको छैन ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकाशं गुल्मीको इस्मा गाउँपालिकाका रहेका छन् । इस्मा गाउँपालिका–५ का २६ वर्षीय सवारी चालक रेशम थापा, सोही वडाको दोबाट बस्ने ४० वर्षीया बसुन्धरा कार्की, ढाडुङा बस्ने माया थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ ।

त्यस्तै नवलपरासी जिल्ला बर्दघाट– २ बस्ने ६० वर्षीय भुमा कार्की, बागलुङ बडीगाड ७ बस्ने ५५ वर्षीय नरमाया खत्री, गुल्मी जिल्ला इस्मा गाउँपालिका–४ दोहोली बस्ने ४० वर्षीया सीता कार्की, इस्मा–४ का ६५ वर्षीय झवी कार्कीको मृत्यु भएको छ ।

त्यस्तै इस्मा गाउँपालिका–४ दोहोलीका ४५ वर्षीय भूमी कार्की, २५ वर्षीय मीना बस्नेत र ६५ वर्षीय धनबहादुर कार्की को पहिचान खुलेको छ । घाइते हुनेमा नवलपरासी बर्दघाट– २ का १८ वर्षीय जीवन कार्की, इस्मा गापा–४ का ८ वर्षीय हिमाल कार्की र सोही स्थानका २४ वर्षीय निमा केसी रहेको प्रहरीले जनाएको छ भने इस्मा गाउँपालिका–४ दोहोलीका ६५ वर्षीया धनबहादुर कार्की बेपत्ता रहेका प्रहरीले जनाएको छ । घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौँं लैजाने तयारी गरिएको छ । गुल्मीको इस्मा गाउँपालिका–४ दोहोलीबाट बागलुङको निसिखोला गाउँपालिका बायोखोलामा दिवाली पूजाको लागि हिँडेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटनामा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरहामा विभेदको घटनाः गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप

सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनामा पक्राउ

नेपालका लागि अर्मेनीयाको अवैतनिक वाणिज्यदूतमा मल्ल

काठमाडौं ।  नेपालका लागि अर्मेनीया गणतन्त्रको अवैतनिक वाणिज्यदूतमा किरण मल्ल नियुक्त भएका छन्

अधिकांश मन्त्रालयले चालु आर्थिक वर्षको भन्दा कम बजेट पाउने सम्भावना, यस्तो छ मन्त्रालयलाई दिइएको ‘सिलिङ’

काठमाडौँ । सार्वजनिक ऋणको सावा–ब्याज भुक्तानी, सामाजिक सुरक्षामा खर्च हुने रकमजस्ता अनिवार्य दायित्व

बाँकेमा पानी टयाङ्करले ठक्कर दिँदा दुईजनाको मृत्यु

बाँके । बाँकेको डुडुवा गाउँपालिका–२ स्थित बेतहानीमा आज पानी टयाङ्करले ठक्कर दिँदा दुई