पोखरामा माटोको ढिस्कोले पुरिएर कम्तीमा तीन जनाको मृत्यु
पोखरा । पोखरा महानगरपालिका–२० मौजाको विसौनामा आइतबार बिहान बाटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु भएको छ भने अन्य केही पुरिएको आशङ्का गरिएको छ ।
सडक निर्माणका क्रममा एक्कासि माथिबाट आएको माटोको ढिस्कोमा पुरिएका कामदारमध्ये तीन जनाको शवबाहिर निकालिएको सोही वडाका वडाध्यक्ष सिमबहादुर गुरुङले जानकारी दिए । अझै तीन–चारजना ढिस्कोमा पुरिएको हुन सक्ने आशङ्का स्थानीयवासीले गरेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।