सुनसरीमा ट्रकको ठक्करबाट एम्बुलेन्समा सवार सात जनाको मृत्यु



इटहरी । सुनसरीको हरिपुरमा ट्रक र एम्बुलेन्स ठोक्किँदा एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको छ । वीरगंजबाट सुनसरी आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले उदयपुर गइरहेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई शनिबार राति ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार ठक्करबाट सातै जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका–१० का राजेश दनुवार, दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र शिवमाया राई रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ सुमनाको राजीनामा पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन्

हरिराम पुरस्कार जोशी र कदम पुरस्कार राजवंशीलाई

पाटन (ललितपुर) । यस वर्षको हरिराम जोशी पुरस्कार–२०८१ अनुसन्धानकर्ता इञ्जिनियर पद्मसुन्दर जोशी र

ढल्केबर पुग्यो प्राधिकरणको उच्चस्तरीय टोली, आगलागी भएको सबस्टेशनको अध्ययन गर्ने

काठमाडौं । बुधबार आगलागी भएको ढल्केबर सबस्टेसनको निरीक्षण गर्न प्राधिकरणको टोली पुगेको छ

नारायणी नदीमा बेपत्ता दुई बालकको शव फेला

मध्यविन्दु। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१५ स्थित नारायणी नदी किनारबाट बेपत्ता भएका