नक्कली हस्ताक्षर गरी बैंकबाट साढे १८ लाख रुपैयाँ झिक्ने ६ जना पक्राउ



काठमाडौं । प्रहरीले नक्कली हस्ताक्षर गरेर बैंक खाताबाट रकम झिक्ने समूहका छ जनालाई पक्राउ गरेको छ । प्रहरीले बैंकका ग्राहकहरुको नक्कली हस्ताक्षर गरेर बैंकबाट रकम झिक्ने गिरोहका छ जनालाई साढे १८ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेका १९ वर्षीय सुभाष श्रेष्ठ र कुमार तामाङ, १८ वर्षका मनिष घिमिरे, २१ वर्षका अञ्जन बराल, बाग्लुङ गलकोट नगरपालिका–३ का २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोकको साबिक ज्यामिरे गाविस–९ का ३० वर्षीय गोविन्द घिमिरे छन् ।

उनीहरुले बैंकमा खाता रहेका विभिन्न व्यक्तिहरुको चेकमा रहेको हस्ताक्षर चोरी गर्ने, ती व्यक्तिको नाममा चेक हराएको निवेदन दिएर नयाँ चेक बुक निकाल्ने र हस्ताक्षर मिलाएर लाखौं पैसा निकाल्ने गरेको देखिएको प्रहरीको भनाइ छ ।

प्रहरीले पक्राउ परेका युवाले खातावालहरुको सक्कली भिसा कार्डसमेत बनाएर प्रयोगमा ल्याएको देखिएकाले सम्बन्धित बैंकका कर्मचारीहरुको समेत मिलेमतो देखिएको आशंका गरेको छ । प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले बैंकका कर्मचारीको मिलेमतोको आशंकामा अनुसनधान प्रक्रिया अगाडि बढाइएको बताएका छन् ।

उनले पक्राउ परेका युवाबाट १८ लाख ५० हजार नगद, विभिन्न व्यक्तिको नागरिकताको दुई सय ९० थान प्रतिलिपी, विभिन्न व्यक्तिको नाम र रकम उल्लेख गरिएको रजिष्टर, विभिन्न व्यक्तिहरुको आठ सय २५ थान फोटोलगायतका सामानहरु बरामद गरिएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिडियाखानाको रेडपान्डा चोर्न खोज्ने दुईजना पक्राउ

काठमाडौं । जावलाखेलस्थित चिडियाखानाको रेडपान्डा चोर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको

रास्वपाले भन्यो-भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा र प्रधानमन्त्रीले जवाफ दिनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा तथा प्रधानमन्त्रीले सदनमा

सरकार र यातायात व्यवसायीबीचको वार्ता विफल

काठमाडौँ । सरकार र यातायात व्यवसायीबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ । सोमबार

पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक आए नेपाल

काठमाडौं  । सन् २०२५ का पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल