ब्राह्मणको यथार्थ !!(ब्राह्मण कर्मबाट च्यूत भएको ब्राह्मण सबैभन्दा तल्लो जातको मानिन्थ्यो)



डा.गोविन्दशरण उपाध्याय

मनुस्मृतिमा ब्राह्मणहरूका लागि छ प्रकारका कर्म तोकिएका छन् “पढ्ने, पढाउने, यज्ञ गर्ने/गराउने र दान दिने/लिने र पछि श्रीमद्भगवत-गीताले यही तत्थ्यलाई अनुमोदन गरेको छ | प्राचीन संस्कृत, जैन र बौद्ध साहित्यहरूमा “ब्राह्मणहहरूले भिक्षा गरेर जीवन यापन” गरिरहेका अनेकौं कथाहरू प्रष्ट रुपले उल्लेख भएका छन् | ब्राह्मणहरू विद्यामा धनि थिए तर धन तथा वैभवका सवालमा सधैं दरिद्र थिए भन्ने तत्थ्य आत्मसात् गरौँ |

वेद, उपनिषद, पुराणहरूमा जे-जति (विश्वामित्र बाहेक) सबै ऋषिमुनिहरू जङ्गलमा निवास गर्थे | यदि कसैले दया गरेर आश्रममै अन्न वा अन्य साधनहरू उपलब्ध गरायो भने त्यसकाे बडो कन्जुस्याइँ गर्दै त्यसको उपयोग गर्ने अन्यथा भिक्षा माग्न गाउँतिर पस्थे | त्यस्तो भीख पनि सात वा ११ घर भन्दा बढीमा माग्ने अनुमति थिएन | यदि डुलेका घर मध्ये कसैले पनि भिक्षा दिएन भने सन्तोष मानेर भोकै वस्नु पर्थ्यो | आज पनि एउटा बाहुनको फोटो कार्लमार्क्स, लेनीन, माओत्सेतुङ, जर्ज वासिंगटन, आदमस्मिथ, राजा महेन्द्र, राजा बीरेन्द्र, मदन भण्डारी वा शेरबहादुर जस्तो नदेखाएर “नाक चुच्चो भएको, किताव बोकेको दूब्लो र पोकापन्तुरासहित” हिड्दै गरेको देखाइन्छ |

एउटा बाहुनको फोटो कार्लमार्क्स, लेनीन, माओत्सेतुङ, जर्ज वासिंगटन, आदमस्मिथ, राजा महेन्द्र, राजा बीरेन्द्र, मदन भण्डारी वा शेरबहादुर जस्तो नदेखाएर “नाक चुच्चो भएको, किताव बोकेको दूब्लो र पोकापन्तुरासहित” हिड्दै गरेको देखाइन्छ |

श्रीमद्भगवत र मनुस्मृतिले ब्राह्मणका लागि लेखेका नियम पढ्ने हो भने त्यस बेला ब्राह्मण भएर जीवनयापन गर्नुजस्तो कठोर केही थिएन | सात घर भन्दा बढी भिक्षा गर्न नहुने, आफै कृषि गर्न नहुने, व्यापार-ब्यबसाय वा सेवा कर्म गर्न नहुने, लोभ गर्न नहुने, राजसी जीवन यापन गर्न नहुने, आफै भोकै बसेर भए पनि अतिथी सत्कार गर्ने पर्ने, ब्राह्मण वाहेकका जातिहरूले पकाएको भोजन गर्न नहुने र सधैं वेदको अध्ययन र अनिवार्य रूपमा यज्ञकर्महरू सम्पादन गर्नु पर्ने थियो | आफ्नो ब्राह्मण कर्मबाट च्यूत भएको ब्राह्मण सबैभन्दा तल्लो जातको मानिन्थ्यो |

शास्त्रहरूले ब्राह्मणहरूको ठूलो प्रशंसा गरेको छ | आज भोलिका विकासे विद्वानहरूले पढ्ने यही हो | यदि महाविद्वान अष्टाबक्र त्यतिनै धनिमानी भएको भए आफ्नो जीवनको मूल्य लगाएर थोरै धनका लागि शास्त्रार्थ गर्न जनकको दरवारमा किन पुग्थे ? कौरव र पाण्डवका शिक्षा गुरू द्रोणाचार्यले आफ्ना छोरा अश्वत्थामालाई किन दूध भन्दै झुक्याएर कमेरो पनि खान दिन्थे ? किन सुदामा अत्यन्त गरिवीमा संदिपनीको आश्रमका विद्यार्थी बन्थे ? किन कृपाचार्यले आफ्नी पत्नीलाई “जङ्गली पात धारण गरेर लाज जोगाउन सघाउँथे ? र नारद ऋषि घरघर गएर भिक्षाटन गर्थे ? एक पटक यो तत्थ्य सबैले मनन गरौँ, ब्राह्मण समुदायप्रति फैलाएको भ्रम मेटिन्छ |

यदि महाविद्वान अष्टाबक्र त्यतिनै धनिमानी भएको भए आफ्नो जीवनको मूल्य लगाएर थोरै धनका लागि शास्त्रार्थ गर्न जनकको दरवारमा किन पुग्थे ?

प्राचीनकालमा ब्राह्मणहरूसंग पढ्नुलेख्नु र परम्पराको पालन गर्नु वाहेक अर्को विकल्प नै थिएन | महाभारतमा दुईबटा एस्ता प्रसंग छन् जहाँ ब्राह्मण र तिनको परिवार दरिद्रताका कारणले मृत्यु वरण गर्छ | क्षत्री लडाईमा मर्छ, वैश्य धनसम्पति लुटिएर मर्छ, शूद्र कामको बोझ सहन नसकेर मर्न सक्छ तर खान नपाएर मरेको कुनै प्रसंग छैन | नियम तोड्न भन्दा बरु मृत्युनै रोज्ने ब्राह्मणको उच्चतर चरित्रको उदाहरण हो | ब्राह्मणहरूले कठोरता पूर्वक नियमहरू पालना गर्दै “जीवित पुस्तकालय” बनेर ६४ विद्याको रक्षा नगरिदिएको भए हामी नेपालीहरू पनि “सभ्यता, संस्कृति र इतिहास विहिन” हुन्थ्यौं |

आजभोली ब्राह्मणलाई अनेकौं आरोप लगाएर आलोचना गर्ने फेसन बनेको छ | विदेशी राजनीति बोकेर हिड्नेहरू नेपालमा राजनीति गर्नेहरूले ब्राह्मणवाद नाममा आफ्नै धर्म, संस्कृति तथा सभ्यताको आलोचना गर्दै प्रगतिशीलताको दम्भ भर्छन् | तर यी मूर्खहरूका संरक्षक तथा बुद्धिदाताहरूले (पश्चिमादेशहरू) आफ्नो इतिहासका स-साना लेख, व्यक्ति घटनाहरूको जतनपूर्वक संरक्षण मात्रै होइन उनीहरूको सिद्धान्तलाई विश्वब्यापी बनाएका छन् | सुकरातको “सुकरात संवाद, प्लेटोको एकेडेमिया आज विश्वब्यापी बनेको छ | “दासवाद”लाई संस्थागत गर्ने पक्षमा स्पष्टसंग आफ्नो पुस्तक “रिपब्लिक”मा लेखेकोमा पश्चिमाहरूले कदचिद आलोचना गर्छन |

नियम तोड्न भन्दा बरु मृत्युनै रोज्ने ब्राह्मणको उच्चतर चरित्रको उदाहरण हो | ब्राह्मणहरूले कठोरता पूर्वक नियमहरू पालना गर्दै “जीवित पुस्तकालय” बनेर ६४ विद्याको रक्षा नगरिदिएको भए हामी नेपालीहरू पनि “सभ्यता, संस्कृति र इतिहास विहिन” हुन्थ्यौं |

हाम्रा स्वदेशी प्रगतिशीलहरू वेद, उपनिषद्, पुराणआदि असंख्य कृतिहरू लेख्ने ब्राह्मणहरूको आलोचना गर्छन्, उच्छितो काटेर प्रगतिशीलताको दम्भ भर्छन् | यी मूर्ख तथा विदेशीका स्वदेशी दलालहरूले जवाफ दिनुपर्छ कि के विश्वामित्रले वेदको साक्षात्कार गर्नु, ऋषिहरूले उपनिषद लेख्नु, मुनिहरूले पुराण-संहिताको रचना गर्नु, वेदब्यासले ब्रह्मसूत्र लेख्नु, कपिलले सांख्य दर्शनको प्रणयन गर्नु, मनुले मनुस्मृति नामक ग्रन्थ लेख्नु, चरकले औषधि विज्ञानको ग्रन्थ चरकसंहिताआदि लेखेर छोड्नु अपराध नै थियो ? यदि उपरोक्त ब्राह्मणहरूले भोकै रहेर, भिक्षा मागेर तथा निर्लोभ भएर “विद्या” जोगाएर सभ्यता तथा संस्कृतिलाई अगाडी बढाएकोमा उनीहरू दण्डित हुनैपर्छ | आफ्नो धर्म, संस्कृति तथा परम्परालाई थाम्न सबै प्रकारका सुखसुविधा त्यागेर “विद्या”जीवि बन्ने ब्राह्मणलाई आलोचना गर्नेहरू निसन्देह शरीर नेपाली भए पनि मन भने विदेशी नै हुन् भन्ने कुरामा शंका नगरे हुन्छ |

ब्राह्मण एउटा संस्था हो जसले आफुले कष्ट सहेर पनि “विद्या”लाई जीवित राखेको थियो | वैदिक संस्कृतिसंग शत्रुतापूर्ण ब्यबहार गर्नेले सबैभन्दा बढी ब्राह्मण संस्थालाई तारो बनाए किनभने रूख मास्न छ भने जरोमा मोही व नून छरे हुन्छ | छापा खाना नहुँदा पनि ढुंगा, लोक्ता, भोजपत्र तथा स्मृति परम्पराबाट विद्या जोगाएर संस्कृति, सभ्यता, दर्शन, विज्ञानसहित ६४ विद्यालाई निरन्तरता दिने “ब्राह्मण संस्था”को महत्व बुझौं |  त्यतिमात्र होइन, क्षत्री, वैश्य तथा शूद्रहरू पनि संस्था नै हुन्, जाति होइनन् | ब्राह्मणले विद्या, क्षत्रीले सुरक्षा, वैश्यले व्यापार तथा शूद्रले शिल्पकलालाई निरन्तरता प्रदान गरेका हुन् | उपरोक्त चारैबटा संस्था बीच झगडा उत्पन्न गराएर आफ्नो दूनो सोझ्याउनेहरूको षड्यन्त्र बुझौं र प्रतिकार गरौँ | उपरोक्त चारैबटा संस्थाका संवाहकहरूलाई आफ्नै मौलिक जरोकिलो अर्थात् पेशाप्रति घृणा गर्ने मनोविज्ञान उत्पन्न गराएर वैदिक संस्कृति निमिट्यान्न पार्ने “विधर्मीहरू” खुसी भैरहेको तत्थ्य मनन गरौँ |

उपरोक्त चारैबटा संस्था बीच झगडा उत्पन्न गराएर आफ्नो दूनो सोझ्याउनेहरूको षड्यन्त्र बुझौं र प्रतिकार गरौँ |

अहिले जेजस्तो हिन्दू, जैन, बौद्ध सभ्यता तथा संस्कृति उपलब्ध छ, यो सबै हाम्रा निर्धन पूर्खाहरू (ऋषिमुनि) श्रुति तथा स्मृति परम्पराबाट “जीवनलाई नै पुस्तकालय” बनाएर जोगाएका हुन् | ब्राह्मणहरूलाई दोषारोपण गर्ने उद्योग सधैंका लागि वन्द गरौँ | विदेशीको उक्साहटमा लागेर ब्राह्मण-समुदायप्रति (कुनै पनि समुदायप्रति) अभद्र, असहिष्णु तथा अपमान जनक अभिव्यक्ति त्यागौं | ब्राह्मणवादजस्तो कूतर्क र पूर्वाग्रही चिन्तनको उक्साहटलाई वेवास्ता गरौँ | ब्राह्मणवाद र दलितवादजस्ता शब्दहरूको रचना गरेर हामी सनातनीहरू बीच नै द्वन्द गराउने षड्यन्त्रलाई सचेतता पूर्वक अस्वीकार गरौँ | इतिहासलाई बुझौं, सम्मान गरौँ र ब्राह्मण समुदायको आलोचना गरेर आफ्नै धर्म, संस्कृति तथा सभ्यताको जरोकिलो काट्ने कुन विदेशी दलालबाट परिचालित छ ? भन्ने तत्थ्य खोजौं |

विदेशीका स्वदेशी दलालहरूले जवाफ दिनुपर्छ कि के विश्वामित्रले वेदको साक्षात्कार गर्नु, ऋषिहरूले उपनिषद लेख्नु, मुनिहरूले पुराण-संहिताको रचना गर्नु, वेदब्यासले ब्रह्मसूत्र लेख्नु, कपिलले सांख्य दर्शनको प्रणयन गर्नु, मनुले मनुस्मृति नामक ग्रन्थ लेख्नु, चरकले औषधि विज्ञानको ग्रन्थ चरकसंहिताआदि लेखेर छोड्नु अपराध नै थियो ?

स्वस्ति अस्तु
फाेटाे विकिपिडियाबाट साभार गरिएकाे

डा.उपाध्याय त्रिभुवन विश्वविद्यालय दर्शनशास्त्र विभागका प्राध्यापक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जन्ती बस दुर्घटनामा मृत्यु हुने तीनै जना दोलखा भीमेश्वरका

चौतारा । सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटनामा मृत्यु हुने तीनै जनाको सनाखत भएको छ

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ । गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक वर्षमा सात

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख