शिवम् मार्ग टोल सुधार समितिको साधारण सभा सम्पन्न



आगामी आर्थिक वर्षका लागि ५० लाख बजेट पारित गर्दै आफ्नो टोल आफै बनाउने पवित्र उदेश्यका साथ स्थापित शिवम् मार्ग टोल सुधार समिति, काडाँघारी, काठमाण्डौंको वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । टोलभित्र सडक, ढल , पानी, फोहर, बिजुली व्यवस्थापन लगायतका सामाजिक काममा क्रियाशील समितिले आगामी वर्ष एम्वुलेन्स खरीद गरी टोलवासीलाई स्वास्थयका क्षेत्रमा अतिरिक्त सेवा सुविधा प्रदान गर्ने घोषणा वार्षिक साधारण सभा मार्फत गरिएको छ ।

आगामी वर्षभित्र एम्वुलेन्स खरीद गरी स्थानीयलाई स्वास्थय क्षेत्रमा सेवा दिनुका साथै बाटो घाटो तथा खानेपानी व्यवस्थापन, बिस्तार र व्यवस्थापन थप प्रभावकारी कार्यक्रम गर्ने लक्ष्यसहितका योजनाहरु पनि वार्षिक साधारण सभाबाट पारित गरिएका छन । कम्तिमा ५० लाख बजेट तर्जुमा गरी उक्त कार्यक्रमहरु सम्पन्न गर्ने लक्ष्य साधारण सभाबाट तय गरिएको छ ।

सोही अवसरमा समितिले टोलमा रहेको फ्युचर नेपाल वाल आश्रम गृहलाई खाद्यान्न तथा लत्ताकपडाहरु पनि सहयोगस्वरुप हस्तान्तरण गरेको छ । सामाजिक कार्यमा थप योगदान गर्ने समितिको लक्ष्य अनुरुप वाल आश्रमलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको समितिले जनाएको छ ।

स्थानीय कागेश्वरी मनहरा नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष जीवन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिक साधारण सभाको सभापतित्व समितिका अध्यक्ष विरोध कार्कीको अध्यतामा समपन्न भएको थियो । समारोहमा प्रमुख अतिथि वडाध्यक्ष थापाले समितिका कामको प्रशंसा गर्नु भएको थियो ।

उक्त अवसरमा वडा सदस्य लक्ष्मण पुरीले वडाका काममा समितिले गरेका कामको प्रशंसा गर्दै वडाले गरेका कामहरुबारे प्रकाश पार्नु भएको थियो । यस्तै, काडाँघारी प्रहरी प्रभागका प्रमुख सुधीर राईले टोलमा शान्ति सुरक्षाको स्थितिबारेमा प्रकाश पार्नु भएको थियो । टोल सुधार समितिबाट विकास निर्माण र शान्ति सुरक्षामा सहयोग पुगेकोमा वक्ताहरुले जोड दिदै अझै मिलेर काम गर्नुपर्नेमा जोड दिनु भएको थियो ।


समितिले हालसम्म गरेका विकासका कामहरुबारे स्थानीय टोलवासीलाई समितिका सचिव मनोज विरालीले विस्तृतमा जानकारी दिनु भएको थियो । यस्तै समितिको आर्थिक प्रतिवेदन कोषाध्यक्ष छत्र कार्कीले सभामा पेश गर्नु भएको थियो । स्थानीय टोलबासीको बाक्लो उपस्थितिमा सम्पन्न वार्षिक साधारण सभाको सञ्चालन समितिका सह सचिव जगन्नाथ आचार्यले गर्नु भएको थियो । शिवम् टोल सुधार समितिको कामलाई स्थानीयले साथ दिदै आएकोले यो समितिप्रति स्थानीयको विश्वास बढदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सात कोरियाली आरोहीले जुगल हिमाल आरोहण गर्ने

  सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि

स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

इलाम । इलामको सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले

याकमार्फत यसरी गरिन्छ सामान ढुवानी(फोटोफिचर)

सगरमाथा क्षेत्रमा याकमार्फत विभिन्न सामग्री ढुवानी गरिँदै । उच्च हिमाली क्षेत्र भएकाले यस

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कपनबाट हतियारसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी