कानुनका शंकायका विद्याथीलाई ट्राफिक स्वयम्सेवकका रुपमा परिचालन गरिने



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक स्वयम् सेवकका लागि कानून संकायका विद्यार्थी परिचालन गर्ने भएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले आगामी आइतबारदेखि एक सातासम्म चल्ने दोस्रो चरणको अभियानमा काठमाडौं स्कुल अफ ल, चक्रवर्ति अवि एजुकेशन एकेडेमी र नेशनल ल कलेजका विद्यार्थीहरु ट्राफिक स्वयम्सेवकको रुपमा परिचालन हुने जानकारी दिए ।

युवा स्वयम् सेवक परिचालन गरी ट्राफिक व्यवस्थापनमा सुधार गर्ने र नागरिकसम्म ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने भावना अभिवृद्धि गर्ने उद्देश्य सहित विद्यार्थीलाई परिचालन गर्न लागिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

अभियानमा तीन सय ५५ जना युवा ट्राफिक स्वयम्सेवकहरु परिचालित हुनेछन् । ट्राफिक प्रहरीले परिचालन हुने विद्यार्थीहरुलाई शुक्रबार प्रशिक्षण समेत दिएको छ ।

ट्राफिक प्रहरीले गत असोजमा पहिलो चरण अन्तर्गत पाँच सय जना युवा ट्राफिक स्वयम्सेवकहरु परिचालन गरी ट्राफिक व्यवस्थापन सम्बन्धी एक साता लामो अभियान सञ्चालन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
झापामा मोटरसाइकल र जीप आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

  भद्रपुर ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको

गोरखा भूकम्पको ९ वर्ष पूरा, जोखिम भने कायमै

काठमाडौं । वैशाख १२ को विनाशकारी गोरखा भूकम्प गएको आज ९ वर्ष पूरा

तराईका केही स्थानमा हुरीबतासको चेतावनी, बाँकी भागमा मौसम सफा रहने

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै

जनकपुरको एक होटलमा महिला र पुरुष मृत फेला

  जनकपुर ।  जनकपुरको एक होटलमा मंगलबार दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका