सिरहा मालपोतका निमित्त प्रमुख पाँच लाख घुससहित पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पाँच लाख रुपैयाँ घुससहित भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख रामबाबु मण्डललाई शुक्रबार बिहान कार्यकक्षबाटै पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयका सूचना अधिकृत तथा उपसचिव हरिप्रसाद घिमिरेका अनुसार मण्डललाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस लिइसकेको बेला पक्राउ गरिएको हो ।

उनका अनुसार मण्डलले एकजना सेवाग्राहीका नाममा आएको जग्गाबारेको निर्णयसहितका कागजात उच्च अदालत जनकपुरको राजविराज इजलासमा पठाउन आनाकानी गर्दै घुस मागेका थिए । घुस मागेको जानकारी सेवाग्राहीले दिएपछि अख्तियारको टोली सिरहा पुगेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकार र यातायात व्यवसायी वार्तामा

काठमाडौं । सरकार आन्दोलनरत यातायात व्यवसायीबीच वार्ता सुरु भएको छ । गृहमन्त्री रमेश

यस्तो दिक्दारलाग्दो अवस्थामा कसरी फस्टाउला हाम्रो पर्यटन उद्योग ?

-नारायण गाउँले । के तपाईंलाई नेपालको हवाइ टिकट विश्वकै महँगो मध्ये पर्छ भन्ने

मौरिस हर्जोग, जसले चिनाए अन्नपूर्ण हिमाल

म्याग्दी । पचहत्तर वर्षअघि फ्रान्सका मौरिस हर्जोग नेतृत्वको टोलीले गरेको अन्नपूर्ण हिमालको कीर्तिमान

अयोध्यामा नेपाल-भारतको आध्यात्मिक एकता : महायोगी सिद्धबाबाको शोभायात्राले जगायो आत्मगौरव र चेतनाको लहर

अयोध्या, उत्तर प्रदेश । भारतको अयोध्यामा जेठ १८ गतेदेखि जारी ‘सुरत शब्दयोग ध्यान