मानव अधिकार आयोगले भन्यो -द्वन्द्वपीडितका संवेदनामा आघात पर्ने खालका गतिविधि अस्वीकार्य



काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले द्वन्द्वपीडितको संवेदनामा आघात पर्ने निर्णय स्वीकार्न नसकिने बताएको छ । विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पुगेको अवसरमा विज्ञप्ति जारी गर्दै अयोगले सत्य निरुपण तथा मेलामिलाप र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको पदाधिकारी नियुक्तिलाई लिएर पीडितहरुले असन्तुष्टि जनाइरहेका बेला आयोगले यस्तो बताएको हो ।

आयोगले भनेको छ, ‘द्वन्द्वकालका पीडितहरुले न्याय पाउनुपर्दछ भन्ने कुरामा आयोग दृढ छ । द्वन्द्वपीडितका संवेदनामा आघात पर्ने खालका काम, कारवाही, निर्णय तथा गतिविधिहरुमा आयोगको समर्थन हुन नसक्ने कुरामा सम्बन्धित सबैको ध्यानाकर्षण गराउछौं ।’

सशस्त्र द्वन्द्वको समयमा भएका मानव अधिकार उल्लंघनका घटनाहरुको सत्यतथ्य अभिलेख गर्ने र गम्भीर मानव अधिकार उल्लंघनका घटनाहरुमा संलग्न दोषीउपरका कारवाही तथा पीडितलाई परिपूरणका विस्तृत कार्यक्रम अझै बाँकी रहेको भन्दै आयोगले यो कार्य पूर्ण हुन सकेमा मात्र पीडितले न्यायको अनुभूति गर्ने र देशमा दण्डहीनताको स्थिति न्यून हुन जाने अवस्था सिर्जना हुने उल्लेख गरेको छ ।

द्वन्द्वपीडितका संवेदनामा आघात पर्ने खालका गतिविधि मानव अधिकार आयोगलाई स्वीकार्य नहुने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भ्रष्टाचार मुद्दामा नागार्जुन नगरपालिकाका मेयर दोषी ठहर

काठमाडौं । विशेष अदालतले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

६० किलो सुन तस्करी प्रकरणकी आरोपी अमला पक्राउ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ परेकी

ग्वार्को ‘फ्लाई ओभर’ उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले भने-अब मुलुकमा कायाकल्प हुन्छ

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा नवनिर्मित ‘फ्लाई ओभर’ ले ग्वार्काेसहित आसपासका

डोटीमा जिप दुर्घटना, तीन जनाको मृत्यु

डोटी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने