नियमावली संशोधनको माग गर्दै निर्माण व्यवसायीको प्रदर्शन



काठमाडौं । निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद आठौ संशोधन नियमावली २०७६ मा भएको व्यवस्था सशोधन गर्न माग गर्दै काठमाण्डौमा प्रदर्शन गरेका छन् ।

निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले बुधबार माईतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै निर्माणमैत्री ऐन तथा नियमावली निर्माणको माग गरेको हो ।

सार्वजनिक खरिद आठौ संशोधन अनुसार निर्माण कम्पनीको म्याद थप नहुँदा मुलुकभर निर्माण क्षेत्र र त्यससंग सम्बन्धित व्यवसाय धरापमा परेको भन्दै उनीहरुले म्याद थप र बैंक क्रेडिट लाइन लगायत सार्वजनिक खरिद ऐनका केही बुँदाहरु संशोधन गर्नुपर्ने माग गरेका छन् ।

ठेक्का र आयोजना निर्माणको सवालमा व्यवसायीलाई मात्रै दोषी करार गर्ने गरी समाचार सम्प्रेषण हुने गरेको भन्दै व्यवसायीले संचारक्षेत्र प्रति पनि आक्रोश पोखे । सार्वजनिक खरिद ऐन अनुसार सम्झौता गरेर ठेक्का लिएकाले सोही सम्झौता अनुसारको कानुनी कारवाही भोग्न आफुहरु तयार रहेको पनि उनीहरुले बताए ।

व्यवसायीहरु माईतीघर मण्डला देखि थापाथली त्रिपुरेश्वर हुँदै युनाईटेड वल्र्ड टेड सेन्टर पुगेर भेलामा सहभागी भएका थिए । बिहीबारसम्म चल्ने राष्ट्रिय भेलाले आन्दोलनका थप कार्यक्रम तय गर्ने निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौंको असनस्थित मखनटोलमा आगलागी, एक महिलाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको मृत्यु

विवाह समारोहमा हाई टेन्सन लाइनको तारमा छुँदा मोरङमा दुई महिलाको मृत्यु

विराटनगर । मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मोरङको रतुवामाई

पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

काभ्रेपलाञ्चोक। पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन गर्दै आएको जमिनको प्रमाणपत्र

तस्बिरमा हेर्नुस्, हिमाली मरुभूमिका रूपमा परिचित उपल्लो मुस्ताङ

हिमाली मरुभूमिका रूपमा चिनिने उपल्लो मुस्ताङको चलिङ–३ बाट देखिएको हरियाली । तस्बिरः धर्मेन्द्र