तरुण दलका नेपालगंज नगरसभापति जेल चलान



बाँके । हतियारसहित पक्राउ परेका तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत बाँकले सोमबार शाहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार शाहसँगै पक्राउ परेका अन्य तीन जनालाई भने एक लाख ५० हजार धरौटी माग गरिएको छ । सरकारी वकिल कार्यालयले गत शुक्रबार नगर सभापति शाहसहित चार जनालाई हातहतियार तथा खरखजना मुद्दामा पाँच वर्ष सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

उनीहरुविरुद्धको मुद्दामा थुनछेक बहस सकिएपछि सोमबार अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । शाहसहित पक्राउ परेका माधव नेपाली, प्रितम थापा र यामबहादुर बुढामगरलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

गत कात्तिक १४ गते राति बाँकेको जानकी गाउँपालिका–६ गनापुरमा रहेको नमस्ते भिलेज रिसोर्टबाट अमेरिकन आधुनिक पेस्तोल र गोलीसहित तरुण दलका नगर सभापति शाहलाई प्रहरीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विपद् व्यवस्थापनका लागि चौबिसै घण्टा तयार रहन सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्को पूर्वसूचना अनुसार नेपाल प्रहरी र सशस्त्र

सशस्त्र प्रहरीद्वारा उपत्यकामा निःशुल्क बस सेवा संचालन

काठमाडौं । काठमाडौ उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरुको सहजताको

संसदको गतिरोध अन्त्यका लागि ओली, देउवा र प्रचण्डबीच छलफल हुँदै

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध मुद्दा दायर, अकुत सम्पत्ति आर्जनको अभियोग

काठमाडौँ । गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा