हात्तीको आक्रमणबाट चितवनमा बाबुछोराको मृत्यु



चितवन । चितवनको माडी ठोरी हुलाकी सडकमा शनिबार बिहान हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार माडी नगरपालिका वडा नम्बर ९ पुरानो अम्बुबा पोष्ट नजिकै देउराली ओरालोमा बच्चासहितको हात्तीको बथानले आक्रमण गरेको हो ।

हात्तीको आक्रमणबाट माडी नगरपालिका वडा नम्बर एक बरुवाका ६० वर्षीय बाबुराम पौडेल र उनका छोरा ३५ वर्षीय राजु पौडेलको मृत्यु भएको हो ।

उनीहरु दुवै जना मोटरसाइकलमा निकुञ्जको बाटो हुँदै माडीबाट बाँदरझुलातर्फ जाँदै गर्दा घटना भएको हो । हात्ती देखेपछि मोटरसाइकल रोकेर भाग्ने क्रममा हात्तीले आक्रमण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण

घोराही (दाङ) । यहाँको एक सामुदायिक वन र उपभोक्ता समूहले वन क्षेत्रमा खेर

बच्चा कोरल्दै आगन्तुक चरा

चितवन । गर्मी छल्न र प्रजननका लागि आएका आगन्तुक चराले बच्चा कोरल्न थालेका

राइड सेयरिङ नियमावलीविरुद्ध यातायात व्यवसायी आन्दोलित(फोटोफिचर)

काठमाडौं । सार्वजनिक यातायात बचाऊ संघर्ष समितिले आइतबार माइतीघरमा विरोध प्रदर्शन गरेको छ

वरिष्ठ गायक रसिकको निधन

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार गणेश रसिकको ७७ वर्षको उमेरमा निधन भएको