नायिका शिल्पा पोखरेल साधारण तारेखमा रिहा



काठमाडौं । बहुविवाहको मुद्दामा अदालत उपस्थित भएकी नायिका शिल्पा पोखरेल साधारण तारेखमा रिहा भएकी छन् । शुक्रवार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएकी शिल्पाको बयान लिई थुनछेक बहस गरी शुक्रवार नै साधारण तारेखमा छाड्ने आदेश भएको हो ।

चलचित्र निर्माता छवि ओझाकी जेठी पत्नी हेमाले छवि र शिल्पाविरुद्ध बहुविवाहको उजुरी हालेकी थिइन् । सोही मुद्दामा शिल्पालाई पक्राउ गर्न जिल्ला अदालतले आदेश दिएको थियो ।

त्यसविरुद्ध शिल्पाले सर्वोच्च अदालतमा दायर गरेको निषेधाज्ञासम्बन्धी रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको इजलासले खारेज गरिदिएपछि शिल्पालाई पक्राउ गर्न बाटो खुलेको थियो । त्यसपछि पक्राउ पर्ने सक्ने डरका कारण शिल्पा आफैं अदालतमा उपस्थित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ ।

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

नेपाली सेनाले माग्यो प्राविधिक, हवाइ र विविध सेवातर्फ तीनसय भन्दाबढी कर्मचारी

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट