उद्योगी रुप ज्योति रिहा



काठमाडौं । उद्योगी रुपज्योति रिहा भएका छन् । जाहेरवाला विजेन्द्रकृष्ण मल्लसँग आपसी मिलापत्र गरेपछि ज्योति शुक्रबार रिहा भएका हुन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले दुवै पक्षबीच सहमति भएपछि रिहा गरिएको जानकारी दिएका छन् ।

जग्गा विवादमा मल्लले प्रहरीमा दिएको उजुरीपछि ज्योतिलाई प्रहरीले पक्राउ गरेको थियो ।पक्राउपछि काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि भन्दै म्याद थप गरेको थियो ।

ज्योतिलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखिएको थियो । ठगी मुद्दा उजुरी परेपछि उद्योगी ज्योति र उनकी छोरी सुरुचीलाई प्रहरीले पक्राउ गरेको थियो ।

तर ठगी मुद्दा दायर गर्ने व्यक्तिले जाहेरी फिर्ता लिन प्रहरीलाई पत्र दिएपछि प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिल कार्यालयले ज्योतिविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
देशको इतिहास लेख्न हिँडेको मान्छेलाई पत्रिकाको हेडलाइनको मतलब छैनः गृहमन्त्री

इलाम । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशको इतिहास लेख्न आफू अघि बढेको

दाङमा आगलागीबाट एकजनाको मृत्यु

दाङ ।  दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसँग चार लाख धरौटी माग

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न

चैतसम्म वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख