एकैसाथ निर्माण कार्य पूरा हुने गरी टेण्डर आह्वान गर्न निर्माण व्यवसायीको माग



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले खानेपानी, ढल र विद्युतको पोल र सडक निर्माणको काम एकैसाथ हुने गरी टेण्डर आह्वान गर्न सरकारसँग माग गरेको छ ।

महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंको खानेपानी, ढल, विद्युतको पोलको निर्माण कार्य एकैसाथ नहुँदा काठमाडौंको सडकको निर्माण कार्य दीगो हुन नसकेको बताएको हो ।

महासंघका अध्यक्ष रवि सिंहले खानेपानी, ढल र विद्युतको पोलका कारण सडक निर्माणको काम दीगो हुन नसकेको उल्लेख गर्दै त्यसलाई व्यवस्थित बनाउन एकैसाथ निर्माण कार्य पूरा हुने गरी टेन्डर आह्वान प्रक्रिया सुरु गर्ने व्यवस्था गर्न सरकारसँग माग गरे ।

उनले खानेपानीको पाईप र ढलको गुणस्तर नहुदा सडक कालोपत्रे गर्न समस्या हुने गरेको बताए । महासंघले सार्वजनिक खरिद नियमावली तत्काल संशोधन गरी निर्माण व्यवसायमैत्री बनाउन पनि सरकारलाई दवाव दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यती एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडान अनुमति

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्ने

भारत सरकारद्वारा जयनगर–कुर्ता सीमापार रेलमार्ग नेपाललाई हस्तान्तरण

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा ३५ किलोमिटर जयनगर–कुर्ता सीमापार न्यारोगेज रेलमार्ग ब्रोडगेजमा

सुदूरपश्चिममा बाढी, पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो, २२ बेपत्ता

सुदूरपश्चिम । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या

वर्षाले पानीको मुहान बगाएपछि सिमकोटमा खानेपानीको हाहाकार

सिमकोट । आइतबार रातिदेखिको लगातार परेको अविरल वर्षाका कारण खानेपानीको मुहान पहिरोले बगाएपछि