एकैसाथ निर्माण कार्य पूरा हुने गरी टेण्डर आह्वान गर्न निर्माण व्यवसायीको माग



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले खानेपानी, ढल र विद्युतको पोल र सडक निर्माणको काम एकैसाथ हुने गरी टेण्डर आह्वान गर्न सरकारसँग माग गरेको छ ।

महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंको खानेपानी, ढल, विद्युतको पोलको निर्माण कार्य एकैसाथ नहुँदा काठमाडौंको सडकको निर्माण कार्य दीगो हुन नसकेको बताएको हो ।

महासंघका अध्यक्ष रवि सिंहले खानेपानी, ढल र विद्युतको पोलका कारण सडक निर्माणको काम दीगो हुन नसकेको उल्लेख गर्दै त्यसलाई व्यवस्थित बनाउन एकैसाथ निर्माण कार्य पूरा हुने गरी टेन्डर आह्वान प्रक्रिया सुरु गर्ने व्यवस्था गर्न सरकारसँग माग गरे ।

उनले खानेपानीको पाईप र ढलको गुणस्तर नहुदा सडक कालोपत्रे गर्न समस्या हुने गरेको बताए । महासंघले सार्वजनिक खरिद नियमावली तत्काल संशोधन गरी निर्माण व्यवसायमैत्री बनाउन पनि सरकारलाई दवाव दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जैमिनीमा एक सय ४० रोपनी बाँझो जग्गामा केराखेती

गलकोट ।  बाग्लुङको दक्षिण भेगमा रहेको जैमिनी नगरपालिकाको कुस्मिसेरा क्षेत्र केराखेतीले प्रसिद्ध छ

पुर्खाको सम्झना र प्रकृतिको आराधनामा धुमधामः उभौली साकेला

सङ्गीता राई, धरान । सानोमा सानो सिक्किमे भाले कर्दैमा जनले रेटौँ । दिनैमा

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

ठाकुरबाबा । बर्दियाको पर्यटकीय सम्भावनायुक्त बढैया ताल संरक्षणको अभावमा ओझेलमा पर्दै गएको छ

बजेटलाई सहकारी क्षेत्रको महत्वलाई बुझेर समस्या समाधानमा केन्द्रित गरिएको अर्थमन्त्रीको दाबी

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको