हत्या आरोपी १७ वर्षपछि पक्राउ



काठमाडौ । प्रहरीले दुई जना हत्या आरोपीलाई १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको खनियाबासका ४२ वर्षीय गोम लामा तामाङ र काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीका ३७ वर्षीय सुक लामा तामाङ छन् ।

विसं २०५९ कात्तिक २९ गते धादिङको खनियाबास गाउँपालिका–३ का २४ वर्षीय परशुराम तामाङलाई खुकरी प्रहार गरी हत्या गरी दुवै जना फरार भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

घटनापछि गोम वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेटस् (युएई)मा तीन वर्ष बसी फर्केका व्यक्ति हुन् । पछिल्लो समय उनी काठमाडौँमा आएर कृषि फार्म तथा घर जग्गाको व्यवसाय गर्दै आएका थिए । यस्तै सुक कतार तथा मलेसियामा छ वर्ष बसेर मूलपानीमा होटल सञ्चालन गरी लुकीछिपी बस्दै आएको ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट बरामद

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट बरामद

स्याउलेमा ‘एक घर एक धारा’

चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउलेमा ‘एक घर एक धारा’ योजना सम्पन्न

चितवनका ३३ स्थानमा आगलागीका घटना, ६ जना घाइते

चितवन । चितवन जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा ६ जना घाइते भएका छन्

सात दिनभित्र नदी किनारका अनधिकृत बस्ती हटाउन महानगरको निर्देशन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका