१५ वर्षीया शेफाली वर्माले तोडिन् सचिन तेन्दुलकरको कीर्तिमान



भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा ५० रन बनाउने कीर्तिमान बनाएकी १५ वर्षीय किशोरीले त्यसको भोलिपल्ट पुनः उक्त सफलता दोर्होयाएकी छन् ।

शनिवार शेफाली वर्माले वेस्ट इन्डिज विरुद्धको टी २० क्रिकेट खेलमा ४९ बलमा ७३ रन बनाएर सचिन तेन्दुलकरको कीर्तिमान तोडेकी थिइन् । पाँच खेलको श्रृङ्खलाको दोस्रो खेलमा आइतवार उनले ३५ बलमा ६९ रन बनाउँदै भारतलाई १० विकेटको जीत दिलाइन् ।

शनिवार उनले ३० वर्षदेखि क्रिकेट उत्कृष्ट खेलाडी मानिने तेन्दुलकरको नाममा रहेको सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय क्रिकेट खेलमा अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमान तोडेकी थिइन् ।

त्यस्तो कीर्तिमान बनाउँदा तेन्दुलकरको उमेर १६ वर्ष २४१ दिन थियो। सन् १९८९ मा फैसलावादमा भएको खेलमा पाकिस्तान विरुद्धको टेस्ट श्रृङ्खलामा उनले अर्धशतक प्रहार गरेका थिए । वर्माले भने सो कीर्तिमान १५ वर्ष २८५ दिनमा बनाएकी हुन् ।

गत अक्टोबरमा दक्षिण अफ्रिका विरुद्धको खेलबाट उनले अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेकी थिइन् । अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने कीर्तिमान यूएईका काविसा इगोडाबेको नाममा छ जसले १५ वर्ष २६७ दिन हुँदा अर्धशतक बनाएकी थिइन् । उनले आफू तेन्दुलकरबाट प्रभावित भएर क्रिकेट खेल्न थालेको बताएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागीमा मृत्यु भएका परिवारलाई जनही एक लाख दिने विराटनगर महानगरपालिकाको निर्णय

  मोरङ । विराटनगर महानगरपालिकाले आगलागीमा ज्यान गुमाएका पीडितपरिवार र घाइतेलाई राहत उपलब्ध

भूकम्प प्रभावित क्षेत्रका योजना माग्ने विकास समितिको निर्णय

कर्णाली । कर्णाली प्रदेशसभा, सामाजिक विकास समितिले प्रदेश सरकारसँग भूकम्प प्रभावित क्षेत्रका योजनाको

साहसिक पर्यटन ‘ट्रेकिङ’मा बढ्दो आकर्षण

काठमाडौँ । विश्वमै ट्रेकिङ (पदयात्रा) का लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय

बाजुरामा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु

बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर बिहीबार एक महिलाको मृत्यु