आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै



काठमाडौं ।भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता मांगलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदीनालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।

हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको हो ।

तुलसीको मठनजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

उपत्यकाका चाँगुनारायण, शेषनारायण, शङ्खुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । यी नारायण मन्दिरलाई ‘चार नारायण’ भनिन्छ । चार नारायणको आज एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । त्यसैले यी चार नारायणमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लिङदेनलाई अध्यक्ष लोहनीको साथ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आगामी नेतृत्वमा राजेन्द्र लिङ्देनलाई

साढे ६ लाख रुपैयाँसहित कोटेश्वरबाट ५ जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित ५ जुवाडेलाई पक्राउ गरेको छ

हुम्लामा हेलिकोप्टरमा खाद्यान्न ढुवानी

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ

मतदान भइरहेका बेला पर्चा बाँड्ने कामले पार्टीमा धब्बा लाग्छ : भीम रावल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका उम्मेदवार डा. भीम रावलले निर्वाचन प्रक्रियाअन्तर्गत मतदान