यस्ता छन् काठमाडौंमा घर बनाउँदा घरधनीले जान्नैपर्ने न्युनतम प्राविधिक विषय



काठमाडौं । काठमाडौंमा घर बनाउँदा घरधनीले जान्नैपर्ने न्युनतम प्राबिधिक बिषय राखेर तयार पारिएको मार्गदर्शन मंगलबार सार्वजनिक गरिएको छ । मार्गदर्शनलाई ‘सुरक्षित भवन निर्माणमा घरधनीकालागि उपयोगी मार्गदर्शन’ भनिएको छ ।

काठमाडौं महानगरपालिका, सिटिनेट योकोहामा र सिटि अफ योकोहामाको संयुक्त प्रयासमा तयार पारिएको मार्गनिर्देश महानगरको बिपद् व्यवस्थापन समितिका संयोजक एवं वडा २५ का अध्यक्ष नीलकाजी शाक्य, सिटीनेट योकोहामा परियोजना निर्देशक केन्द्र हिराता, योकोहामा सिटी अफिसका अन्तर्राष्ट्रिय मामिला व्युरोका निर्देशक योको सुजुकी, महानगरको बिपद् व्यवस्थापन बिभागका प्रमुख अर्चना श्रेष्ठ, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

यो मार्गनिर्देश तयार पार्नु अघि भवन निर्माणसँग सम्बन्धित इञ्जिनियरहरुका ‘स्क्ट्रक्चर एण्ड सेस्मिक इन्जिनियरिङ्’ सम्बन्धि ८ वटा तालिम सञ्चालन गरिएका थिए ।

तीमध्ये ५ वटा नेपालमा र ३ वटा जापानमा चलाइए । महानगर र याकोहामा सहरवीच २०७३ असार १६ (सन् २०१६ जुन ३० तारिख) मा सम्पन्न सम्झौताका आधारमा चक्रिय तालिकामा चलाइएका तालिममा काठमाडौं उपत्यकामा भूकम्पले पारेको प्रभाव र पुननिर्माणका प्राथमिकताहरु, जापानको याकोहामा नगरको एकीकृत सहरी योजना र सिकाइ, इञ्जिनियर र डकर्मीको क्षमता विकासका प्रगति र चुनौतीलगायतका बिषयमा कक्षा चलेका थिए ।

त्यस्तै जापानमा भूकम्प प्रतिरोधी भवन र भौतिक संरचना सम्बन्धी व्यवस्था, विपद् क्षति न्युनीकरणकालागि सहरी तथा बास्तु योजना, भौतिक संरचनामा भारवहन विश्लेषण विधि, आरसि र स्टिल भवनमा भार ग्रहण क्षमता, ढलान गरिएको भवन र ढुङ्गाको गाह्रो भएका भवनहरुका सम्भावित जोखिम र तिनीहरुलाई सुरक्षित बनाउने विधि पनि तालिममा समेटिएका बिषय हुन् । यसरी चलेका तालिम, तालिमका क्रममा गरिएका भ्रमण अवलोकन र प्रचलित व्यवस्थालाई आधार बनाएर अहिले मार्गनिर्देश तयार पारिएको हो ।

मार्गनिर्देश सार्वजनिक गर्दै महानगरको बिपद् व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले सुरक्षित बस्ती बिकासका लागि थालिएको पहिलो प्रयासलाई क्रमशः सुधार गरेर अघि बढ्ने बताए ।

बनाइने घर योकोहामा सिटी अफिसका अन्तर्राष्ट्रिय मामिला व्युरोका निर्देशक योको सुजुकीले जापानको भवन निर्माण मापदण्ड र नेपालसँगको सम्बन्धका बिषयमा कुरा गर्दै भनिन्,‘जापानभरि एउटै मापदण्डका आधारमा भवन निर्माण गरिन्छ । त्यहाँ निर्माण सामाग्रीको मापदण्ड पनि एउटै हुन्छ । तर, नेपालमा ठाउँअनुसार फरक पाइन्छ । यदि देशैभर एउटै प्रकारको मापदण्ड हुने हो भने भवन संहिता अनुगमन र नियमन गर्न सजिलो हुन्छ । यो एउटा राम्रो कामको थालनी भएको छ । यसलाई देशभरि प्रवर्धन गर्न सके धेरै मानिसले लाभ पाउँथे ।’

के छ मार्गदर्शनमा  
बिपद् व्यवस्थापन बिभागले जारी गरेको मार्गनिर्देशमा ४ अध्याय छन् । जसको पहिलो अध्यायमा परिचय, दोश्रोमा भवन निर्माण गुणस्तरका बिषयमा ध्यान दिनु पर्ने कुरा समेटिएका छन् । यसमा घर बनाउने सुरक्षित ठाउँ, कस्ता ठाउँमा घर बनाउनु हुँदैन? घर बनाउने ठाउँको माटो परीक्षण,भूकम्प प्रतिरोधी भवनका लागि उपयुक्त आकार प्रकार जस्ता बिषय समेटिएका छन् ।

तेश्रो अध्यायमा घर बनाउँदा गरिने हेलचेक्¥याइँ तथा गलत अभ्यासका बारेमा उल्लेख छ । यसमा सुरक्षित र असुरक्षित पिलर सिस्टम, जमिन मुनिको जग, सुरक्षित क्यानटिलिभर र असुरक्षित क्यानटिलिभर, सुरक्षित र असुरक्षित बिम, बिम र पिलरको सुरक्षित जोर्नी, झ्याल र ढोका राख्ने उपयुक्त ठाउँ, सिल, लिन्टलजस्ता बिषय राखिएका छन् । चौथोमा घर बनाउँदा अबलम्बन गर्नुपर्ने सुरक्षा व्यवस्थाका बारेमा उल्लेख छ ।

यसमा निर्माण सामाग्रीमा सिमेन्ट, बालुवा, रोडा, पानी, इटा र फलामे छडको गुणस्तर, निर्माण प्रक्रियामा इञ्जिनियरको भूमिका, निर्माण सुरक्षा र व्यवस्थाजस्ता बिषय समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पा ठूलीभेरीको रुप पाटनमा यार्सागुम्बा सङ्कलन गर्नेको अस्थायी बास(फोटोफिचर)

डोल्पाको ठूलीभेरी नगरपालिका -६ मा पर्ने रुप पाटनमा यार्सागुम्बा सङ्कलन गर्न आएका सर्वसाधारणले

कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन

पर्वत । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि पर्वत सदरमुकाम कुश्माबजारमा निर्माण गरिएको

बाख्रा उपहार पाएपछि महिला खुसी

ढोरपाटन । काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बनाउन थालेको छ । ग्रामीण

मुक्तिनाथधाममा पदमार्ग निर्माण

मुस्ताङ । मुक्तिनाथधामको दुईवटा स्थानमा भक्तजन पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ ।