कालङ्गा हाइड्रोपावरको सुरुङमा फसेका चार मजदूर मृत फेला



चैनपुर । बझाङको बुङ्गल नगरपालिका–१ मा निर्माणाधीन ६५ मेगावाट क्षमताको कालङ्गा हाइड्रपावरको सुरुङमा फसेका चार मजदूरको मृत्यु भएको छ ।

आइतबार दिउँसो करीब तीन बजेतिर बुङ्गल नगरपालिकाको सानिगाढको दारिमगाढ भन्ने स्थानमा सुरुङभित्र काम गर्न जाने क्रममा उनीहरु बेपत्ता भएका थिए ।

बेपत्ता भएका मजदूर सोमबार सुरुङमार्गमै मृत भेटिएका हुन् । मृत्यु हुनेमा दैलेखका कर्णबहादुर शाही र महेन्द्र शाही, अछामका महेन्द्र साउद र बझाङका शेरबहादुर धामी रहेका इलाका प्रहरी कार्यालय बुङ्गल झापाका प्रहरी सहायक निरीक्षक अम्मर भण्डारीले जानकारी दिए ।

सुरुङभित्र काम गर्ने क्रममा एक्कासि गाडी बन्द भएपछि काम गरिहरेका उनीहरु बाहिर आउन नसकेका हुनसक्ने आशङ्का गरिएको छ ।

आइतबार उनीहरुको खोजी कार्यका लागि प्राविधिक टोली प्रयासमा भए पनी सुरुङभित्र अक्सिजनको मात्रा एकदमै कम रहेको भन्दै उक्त टोली काम नगरी फर्किएको थियो । सोमबार हेलिकप्टरमार्फत यन्त्रसहित सशस्त्र प्रहरीको उद्धारटोली आएर खोजीगर्ने क्रममा उनीहरु मृत फेला पारेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सत्तरी प्रतिशतभन्दा बढी काम भइसकेकाले बाँकी काम गर्ने क्रममा उनीहरुको मृत्यु भएको हो । कालङ्गा हाइड्रोअन्तर्गतको दारिमगाढ सुरुङ करीब एक हजार चार सय मिटर लामो रहेकाले अक्सिजनको व्यवस्था कमी भएका कारण सो घटना भएको हाइड्रोका संस्थापक वीरेन्द्रबहादुर मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तमान खोलागाउँपालिकाका एकसय सत्र घरमा खानेपानीका धारा जडान

ढोरपाटन।  बागलुङको सबैभन्दा विकट तमान खोलागाउँपालिका-६ नर्जा खानीमा खानेपानी समस्या समाधान भएको छ

तस्बिरमा जोमसोम मुक्तिनाथ पर्वत शृङ्खला

मुस्ताङको जोमसोम मुक्तिनाथ मार्गमा पर्ने पर्वत शृङ्खला । तस्बिरः धर्मेन्द्र झा/रासस

यातायातको सुविधाले म्याग्दीको ‘मालिकाधुरी’ यात्रा सहज

म्याग्दी । सडक, यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित मालिका जाने

याङ्वरकका २३ युवालाई केलाङ नृत्य प्रशिक्षण

पाँचथर । पाँचथरको याङ्वरक गाउँपालिकाले २३ जना युवायुवतीलाई केलाङ (च्याब्रुङ) नृत्य प्रशिक्षण दिइएको