इन्दिरा गौतमको अध्यक्षतामा गोपाल गौरी प्रतिष्ठानको नयाँ कार्यसमिति चयन



काठमाडौं । गोपाल गौरी दिगो विकास प्रतिष्ठानको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष इन्दिरा गौतमको सभापतित्व तथा प्रदेश नम्बर ३ का उपसभामुख राधिका तामाङको प्रमुख आथित्यतामा शनिबार काठमाडौंको सामाखुसीस्थित एक होटलमा प्रतिष्ठानको नयाँ कार्यसमितिको समेत चयन गरी साधारण सभा सम्पन्न भएको हो ।

साधारणसभाको उद्घाटन गर्दै उपसभामुख तामाङले प्रतिष्ठानले समाजमा स्वागतयोग्य कार्य गरेको भन्दै आगामी दिनमा पनि यस्तै कार्य गर्दै अगाडि बढ्न सुझाव दिइन् ।  उनले जेष्ठ नागरिक,एकल महिला लगायत साना बालबालिकालाई पनि प्रतिष्ठानले सम्मान गरेकोमा अध्यक्ष गौतमलाई धन्यवाद व्यक्त गरिन् ।

सभाले गत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । त्यस्तै संस्थाका वार्षिक गतिविधिसहितको प्रतिवेदन महासचिव रामेश्वर थापाले प्रस्तुत गरेका थिए भने संस्थाका सहसचिव किशोर अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिष्ठानले बार्षिक साधारण सभाका अवसरमा जेष्ठ नागरिकहरु, एकल महिला तथा दलित बालबालिकालाई दोसल्ला ओढाउनुका साथै आर्थिक सहयोय सहित सम्मान गरेको छ ।

यसैगरी गोपाल गौरी दिगो विकास प्रतिष्ठानको दोस्रो बार्षिक साधारण सभाबाट इन्दिरा गौतम पुनः अध्यक्षमा निर्वाचित भएकी छन् । प्रतिष्ठानको उपाध्यक्षमा श्री प्रसाद घिमिरे, महासचिवमा रामेश्वर थापा, सचिवमा नवराज घिमिरे, सहसचिवमा किशोर अधिकारी र कोषाध्यक्षमा दामोदर प्रसाद सापकोटा चयन भएको छ । त्यस्तै सदस्यहरुमा शंकर धिताल, लीलामाया ढकाल गौतम, नन्दलाल श्रेष्ठ, बाबुराम फुयाल र सुनिता खतिवडा चयन भएका छन् ।

निर्वाचित अध्यक्ष गौतमले कुनै पनि बालबालिका, एकल महिला तथा जेष्ठ नागरिकहरुले दुःख भोग्न नपरोस् भन्ने उद्देश्यले बालश्रम निमूर्लन र जोखिमपूर्ण अवस्थामा रहेका एकल महिला ,जेष्ठ नागरिक तथा बालबालिकाको जीवनमा परिवर्तन गर्न आफुहरु लागिरहेकोे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कमलपोखरी परिसरमा ढकमक्क ज्याकाराण्डा (फोटोफिचर)

काठमाडौँको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल । यतिबेला काठमाडौँ उपत्यकाका धेरै

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

काठमाडौं महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अब बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ

२६ वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी  पक्राउ

  त्रिशूली (नुवाकोट) ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर