दाङ र म्याग्दीमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी पाँच जनाको मृत्यु



दाङ । दाङको गढवा गाउँपालिका–६ मनिकापुरबाट वनभोज खाएर सोही गाउँपालिका–५ को चिसापानीबाट फर्कने क्रममा रा १ त २३९३ नम्बरको ट्रयाक्टरको ट्रली पल्टिँदा तीन जनाको मृत्यु भएको छ ।

प्रहरी प्रवक्ता विनोदविक्रम शाहका अनुसार शुक्रबार भएको दुर्घटनामा परी मृत्यु हुनेमा गढवा–६ मनिकापुरका टीका पुनकी ११ वर्षीया छोरी निनु पुन, सोही ठाउँका कमल परियारकी १२ वर्षीया छोरी सीमा परियार र टीकाराम पुनकी १२ वर्षीया छोरी सुनिता पुन मगर रहेका छन् ।

ट्याक्टरमा सवार २६ जना नै घाइते भएका र घाइते सबैलाई स्वास्थ्यचौकी गढवा र लमही अस्पतालमा उपचारका लागि लगिएकामा गढवाचौकीमा उपचारका क्रममा तीनको मृत्यु भएकोे प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी अन्य चारजना गम्भीर र १९ सामान्य घाइते भएका छन् । तिहारमा खेलेको भैलोबाट सङ्कलन भएको पैसाले उनीहरु वनभोज खान गएका थिए । वनभोज खाएर फर्कने क्रममा कोइलावास सडकको चिसापानी नजिकै दुर्घटना भएको हो ।

त्यसैगरी, म्याग्दीको मालिका गाउँपालिका–२ रुममा शुक्रबार दिउँसो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा मालिका–२ का २२ वर्षीय सपबहादुर श्रीपाली र ४० वर्षीय चन्द्रबहादुर पुन रहेका प्रहरीले जनाएको छ ।

दरवाङ बजारदेखि रुम जाँदै गरेको ध १ ज ५९८ नम्बरको जीप दरवाङ–रुम सडकको ताक्सेमा पल्टिएर दुर्घटना भएको थियो । जीप पल्टिँदा भिरमा खसेका श्रीपाली र पुन मृत भेटिएका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कालिकामाईमा भएको अनियमितताबारे अख्तियारद्वारा थप अनुसन्धान सुरु

वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौँडाको टोलीले पर्साको कालिकामाई गाउँपालिकामा भएको अनियमितताबारे

तारा एयरले असोज २३ देखि पोखरा–जोमसोम नियमित उडान गर्ने

काठमाडौं । यती एअरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी असोज २३ देखि पोखरा–जोमसोम

परराष्ट्रमन्त्रीको शपथ बदरको माग गर्दै सर्वोच्च रिट दर्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले लिएको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा

पर्यटन प्रवद्र्धनका लागि लुम्बिनीका होटलमा अफर

भैरहवा । कोभिड–१९ का कारण धरासायी बनेको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले विभिन्न अफरको