प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वास्थ्यलाभ गरी अस्पतालबाट प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन्।
प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि बुधबार धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल भर्ना भएका थिए । यस क्रममा उनको हेमोडायलासिस गरिएको थियो ।