स्वास्थ्य अनुसन्धानमा नयाँ आचारसंहिता आउने



काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य अनुसन्धानलाई विश्वस्तरको मापदण्डमा पुर्याउन नयाँ आचारसंहिता ल्याउने भएको छ ।

नेपालमा स्वास्थ्यसित सम्बन्धित खोज, अुनसन्धानलाई विश्वस्तरमा पु¥याउन र मान्यता दिन आचारसंहिता ल्याउन लागेको परिषद्का कार्यकारी अध्यक्ष प्रा डा अञ्जनीकुमार झाले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् १९५५, सन् २००१ र सन् २०११ मा अनुसन्धानको आचारसंहिता जारी गरेको थियो । विद्यमान आचारसंहितालाई परिमार्जन गर्दै नयाँ आचारसंहिता ल्याउन लागेको उनले बताए ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभित्र आचारसंहिता आउने छ । आचारसंहितामा अनुसन्धानको प्रस्ताव लेखनदेखि अनुुसन्धानका प्रत्येक चरण तथा अनुसन्धानका नतिजासम्मलाई ध्यान दिइएको बताइएको छ ।

हाल परिषद्ले तयार पारेको आचारसंहिताको मस्यौदालाई स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन तथा स्वास्थ्य अनुसन्धानको साझा संस्था फोरम अफ इथिकल रिभ्यु कमिटिज इन एसिएन एण्ड वेस्टर्न प्यासिफिक रिजन (फरक्याप) का प्रतिनिधिहरूले अध्ययन गरिरहेका जनाइएको छ ।

परिषद्ले स्वास्थ्य मन्त्रालयको आवश्यकता र पछिल्ला जनस्वास्थ्यमा देखिएका दुवै प्रकारका स्वास्थ्यसित सम्बन्धित अनुसन्धान गर्ने गर्दछ ।

पछिल्लो समय परिषद्ले तराई–मधेशका विशेष गरी थारु समुदायमा देखिएको सिकलसेलको बारेमा अनुन्धान गर्दै आएको छ । साथै नसर्ने रोग मिर्गाैला, मुटु रक्तचाप, मधुमेह, क्यान्सरको स्थितिका बारेमा केही जिल्लामा घरघुरी सर्वेक्षण कार्य जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई अर्ब लागतमा मोरङको कटहरीमा दुई सय श्ययाको सामुदायिक अस्पताल सञ्चालनमा

मोरङ । जीवन विकास सामुदायिक अस्पताल एवं प्राविधिक शिक्षा प्रतिष्ठान सञ्चालनमा ल्याइएको छ

नयाँ बनाउनुभन्दा भएकै स्वास्थ्य संस्थाको क्षमता विस्तार गरेर सञ्चालन गर्नुपर्छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नयाँ अस्पताल निर्माण गर्नुभन्दा भएकै स्वास्थ्य

अयोध्यामा नेपाल-भारतको आध्यात्मिक एकता : महायोगी सिद्धबाबाको शोभायात्राले जगायो आत्मगौरव र चेतनाको लहर

अयोध्या, उत्तर प्रदेश । भारतको अयोध्यामा जेठ १८ गतेदेखि जारी ‘सुरत शब्दयोग ध्यान

शिलान्यासको छ वर्षपछि बल्ल नमूना सदरमुकाम निर्माण थालियो

त्रिवेणी । शिलान्यासको ६ वर्षपछि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणले