काठमाडौंबाट दुई करोड ६७ लाख नगदसहित २५ जुवाडे पक्राउ



काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर तीन पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेका बेला महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले  शनिबार राति दुई करोड ६७ लाख नगदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलोमात्रामा हारजीत हुने गरी जुवा खेलिरहेको बेला कौडासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ रहेका छन् । यसैगरी हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा रहेका छन् । उनीहरुलाई कानूनअनुसार कारवाही गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वोच्चको फैसला मान्ने प्रधानमन्त्रीको प्रतिक्रिया

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका छन्

सर्वोच्चद्वारा ऋषि कट्टेलको नेकपालाई मान्यता

काठमाडौं । सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा

कोरोना संक्रमणबाट विदेशमा थप दुई नेपालीको निधन

काठमाडौं । कोरोना संक्रमणबाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ

संसद सचिवालयमा आफूहरु आधिकारिक पार्टी भएको प्रचण्ड–नेपाल समूहको दाबी

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले आधिकारिकता दाबी गर्दै संसद् सचिवालयलाई पत्र बुझाएको छ