काठमाडौंबाट दुई करोड ६७ लाख नगदसहित २५ जुवाडे पक्राउ



काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर तीन पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेका बेला महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले  शनिबार राति दुई करोड ६७ लाख नगदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलोमात्रामा हारजीत हुने गरी जुवा खेलिरहेको बेला कौडासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ रहेका छन् । यसैगरी हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा रहेका छन् । उनीहरुलाई कानूनअनुसार कारवाही गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निराशालाई आशामा बदल्दै दार्चुलाको मालिकार्जुन गाउँपालिका

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शिक्षा क्षेत्रमा गरिरहेको लगानी र प्रभाव बिस्तारै देखिने

कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ

कैलाली । विसं २०८० माघ १० गते सरोज गोडिया पक्राउ परे। उनलाई कर्णाली

कृषि उपजको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेको

बौद्धमा बत्ती बालेर तामाङ समुदायद्वारा बालाजुमा स्नान

काठमाडौं । पितृको मुक्तिको कामना गर्दै बौद्ध चैत्य परिसरमा शुक्रबार रातभर बत्ती बालेका