सामाजिक सुुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थपिने



काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप गर्ने भएको छ । सामाजिक सुरक्षा कोषले काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कोषमा सूचिकृत हुनका लागि एक महिनाको समय थप गर्ने जानकारी गराएको हो ।

ठूलो संख्यामा सूचिकरण हुन बाँकी रहेकाले सामाजिक सुरक्षा कोषमा सूचिकृत हुनका लागि थप एक महिना थप गर्ने निर्णय गरिएको कोषका प्रमुख कपिल ज्ञवालीले जानकारी दिए । सरकारले यसअघि असोज मसान्तभित्र निजी क्षेत्रका सबै औद्योगिक प्रतिष्ठानहरुलाई सो कोषमा आवद्ध हुने मौका दिएको थियो ।

हालसम्म कोषमा ८ हजार ८१८ जना रोजगारदाताहरु सूचिकृत भएका छन भने सो कोषमा योगदान गर्नेहरुको संख्या १ लाख ९६८ पुगेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकहरुको जीवन स्तरलाई माथि उठाएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने निष्कर्षका साथ सरकारले सो कोषको कामलाई अघि बढाएकाले त्यसमा साथ दिन सबैलाई आग्रह गरे ।

उनले सामाजिक सुरक्षा कोष श्रमिकको हितमा रहेकाले यसबाट सरकार कुनै पनि हालत पछि हटन नसक्ने पनि स्पष्ट पारे । सरकारले गत साउन १ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामी गन्तव्यमा पुग्न सकेका छैनौं

काठमाडौँ । सांसद मोहन आचार्यले नेपालजस्तो भौगोलिक जटिलता भएको मुलुकमा पनि यसका राम्रा

डाइनामिक कूटनीति, राष्ट्रिय सहमति र दृढ इच्छाशक्ति हुने हो भने २० वर्षमा बन्छ देश

-नारायण गाउँले सन् २०१० अर्थात् १५ वर्षअघिसम्म पनि जापान अमेरिकापछि विश्वकै ठूलो अर्थतन्त्र

वीरगञ्जमा नयाँ वर्षको पूर्वसन्ध्यामा ‘रात्रि बजार’ संचालन

वीरगञ्ज । वीरगञ्जमा नेपाली नयाँ वर्षको अवसरमा ‘रात्रि बजार’ सञ्चालनमा ल्याइएको छ ।

मर्स्याङ्दी जलविद्युत् केन्द्रः ६९ मेगावाट क्षमताको केन्दबाट ३० मेगावाट मात्र उत्पादन

तनहुँ । तनहुँ  जिल्लाको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट