माजु मन्दिर परिसरका टहरा हटाउन माग गर्दै धर्ना



काठमाडौं । काठमाडौंको पुरानो बसपार्कस्थित दुई माजु मन्दिर परिसरमा बनाइएका व्यापारिक टहराहरु तत्काल हटाउन माग गर्दै धर्ना दिइएको छ ।

मुलुककै सांस्कृतिक तथा पुरातात्विक महत्वको मन्दिर अतिक्रमण गरी व्यापारिक टहराहरु बनाएकोमा आपत्ति जनाउँदै स्थानीय सम्पदाकर्मीहरुले तत्काल टहरा हटाउन माग गर्दै बुधबार एक घण्टा मन्दिर अगाडि धर्ना दिएका हुन् ।

टुडिखेल र टुडिखेल परिसरमा रहेका सबै सम्पदाहरुमाथि गुठी संस्थानलेनै अतिक्रमण गर्न थालेपछि त्यसको विरोधमा धर्ना लगायतका कार्यक्रमलाई सुरु गर्नु परेको स्थानीयले बताएका छन् ।

सम्पदाकर्मीहरुले टँुडिखेलस्थित खुल्ला मंचमा परिसरमा बनाइएका सबै व्यापारिक टहराहरु हटाउन माग गर्दै आन्दोलनलाई निरन्तरता दिँदै आएका छन् ।

उनीहरुले दुई माजु मन्दिर परिसर भित्र बनाइएको व्यापारिक टहराहरु तत्काल नहटाए गुठी संस्थान, काठमाडौं महानगरपालिका र सम्बन्धित वडा कार्यालयविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।

उनीहरुले यस अघि खुला मंच परिसरमा बनाइएको ५२ वटा व्यापारिक टहरा हटाउन दवाव दिएपछि ती टहरा हटाइएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर